२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्न जरुरी छ : खेलकुद महासंघ



अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ । काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो । 

सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती सिर्जना गर्ने बताउनु भयो । पेट खालि राखेर खेलाडीहरुले खेल्न नसक्ने भन्दै उहाँले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई कसरी औद्योगीकरण गर्ने, व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएको बताउनु भयो । अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने कुरा सम्मेलनमा छलफल भएको बताउनु भयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘नेपालका खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती बनाउँछौँ, नेपाललाई खेलकुदको माध्यमद्वारा माथि उठाउन चाहन्छौँ, त्यसका लागि यो खेल नीति सम्मेलन, यो ऐनको बारेमा मात्रै छलफल गरिरहेका छैनौँ, सरकारले ऐन जारी गरेको छ, एक वर्ष पुगेको छ, ४ वर्षपछि फेरि पुनरावलकोन गरौँला, हामी सम्पूर्ण खेल खेल नीतिको कुरा गरिरहेका छौँ । कुन खेलमा कसरी विकास गर्न सकिन्छ, र खेललाई औद्योगिकरण कसरी गर्ने भन्ने बारेमा, व्यवसायीकरण कसरी गर्न सकिन्छ भनेर खेलकुदको माध्यमबाट नेपालको जिडिपीमा कसरी अध्ययन गर्न सकिन्छ भनेर हामी केन्द्रिकृत छौँ ।

खेलकुद विश्वविद्यालय तत्काल स्थापन गर्न पहल गरिरहेका छौँ । अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर बृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 




भर्खरै