३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

अमेरिकामा नेपाली ट्रक (मालबाहक गाडी )देख्दा हर्षित

अमेरिकामा नेपाली ट्रक (मालबाहक गाडी )देख्दा हर्षित
अ+ अ-
भर्जिनिया ,विजय थापा –
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेपाली मालबाहक गाडी (ट्रक )अमेरिकामा देखेर खुसि व्यक्त पनि गर्नु भएको हैन ,न त काठमाडौँबाट पश्चिम धनगडी या पुर्व काकरभिट्टा जाने ६ पांग्रे माल बाहक गाडी नै अमेरिका पुगेको देखेर प्रशंसा गर्नु भएको हो l यो त अमेरिका र क्यानाडामा चल्ने नेपालीले संचालन गरेको १८ पांग्रे बिशाल भीमकाय माल बाहक गाडीको कुरा हो l

हालै न्युयोर्क संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा आइपुगेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपालको प्रचार प्रसार गर्दै हिडेको ट्रक (मालबाहक गाडी )देखे पछि खुशी ब्यक्त गर्नुभएको छ । क्यानडामा बस्दै आएका नरबहादुर टण्डनले बिगत केहि समय देखी नेपालको प्रचार प्रसार गर्दै बनाएको ट्रक (मालबाहक गाडी )शनिबार न्युयोर्कमा अवलोकन गर्दै रेग्मीले टण्डनले गरेको कार्यप्रती खुशी ब्यक्त गर्नुभएको हो । न्युयोर्कमा नेपालको झण्डा र नेपाली पहिचान खुलाउने तस्विरहरु र नेपालको बारेमा लेखिएका शब्दहरु सहितको ठुलो ट्रक (मालबाहक गाडी )देखे पछि रेग्मीले खुशी हुंदै हेरि रहनु भएको थियो । 

मालबाहक गाडीका धनी तथा चालक टण्डनले सरकार प्रमुख आउने थाहा पाएकोले टोरण्टोबाट न्युयोर्कमा ट्रक ल्याएका थिए । अध्यक्ष रेग्मीलाई भेटेर आफुले देशको प्रचारका लागि गरेको काम देखाए पछि मालबाहक गाडीका(ट्रक)धनी टण्डनले पनि खुशी ब्यक्त गरेका थिए । टण्डनले भने “मैले गरेको देश हितको प्रयास सरकार प्रमुखले अवलोकन गर्नु मेरो लागि खुशीको कुरा हो” । बिगत दुई बर्ष देखी ट्रक ब्यवसायमा लागेका टण्डनले सबैले आफुले सक्ने क्षेत्रबाट देश प्रेमको भाव देखाएमा देशको बिकास हुन सक्दछ भन्ने सोंचका साथ आफ्नो ट्रकलाई नेपालको पर्यटन प्रचार प्रसारमा प्रयोग गरेको बताउछन् । 

कार्यक्रममा टण्डनले आफुले नेपालको हितमा गर्न खोजेका कामहरुलाई समेटेर परराष्ट्र सचिव अर्जुनबहादुर थापालाई एक ज्ञापन पत्र समेत बुझाएका थिए । यसै बिच नेपालको बारेमा प्रचार प्रसार गर्दै हिडेको (ट्रक)मालबाहक गाडीको अभियानलाई संचार सहयोगीको रुपमा ह्वाईट हिमाल टेलिभिजनले सहयोग गर्ने भएको छ । टेलिभिजनका अनुसार बिदेशमा बसेर पनि नेपालको प्रचार प्रसार गर्नु सरहानीय कार्य भएकोले टेलिभिजनले संचार सहयोग गरेको जनाइएको छ ।