• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

उम्मेद्वारहरुको सूरक्षामा कडाई गर



 सचिन रोका –
आगामी मंसिर ४ गते हुने दोश्रो संविधानसभा चुनावको लागि प्रत्यक्षतर्फ विहीवार २ सय ४० वटै क्षेत्रमा उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । एकाध स्थानहरुमा क्षणिक तनाव भएतापनि मनोनयन दर्ताको काम देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यतालिकाको पहिलो महत्वपूर्ण कार्यक्रमका रुपमा यसलाई लिइएको छ ।

मनोनयन दर्तापछि अब मंसिर ४ मा चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधा धेरैजसो समाप्त भएको छ । मंसिर ४ मा निर्वाचन गर्ने प्रमुख दलहरुको गंभीर तयारी र दृढ प्रतिवद्धताको नमूनाको रुपमा मनोनयनलाई लिइएको छ । अमेरिका भ्रमणबाट फर्कदै गर्दा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चुनावको मिति कुनै हालतमा नसारी तोकिएकै समयमा सम्पन्न गराउने दरिलो प्रण दोहोर्याएका थिए । उनको त्यो प्रतिवद्धतापछि देशमा निर्वाचनको माहौल थप तातेको पनि छ ।

बैद्य माओवादीको मोर्चासँग सहमति बेगर चुनावी कार्यक्रम शुरु गर्नै हुन्न भन्ने पक्षमा रहेका केही नेताहरुले पनि अब वार्ताको उधारो जुवामा नलागि घोषित निर्वाचन सफल पार्नुपर्ने धारणा राख्न थालेपछि वातावरण सहज बन्दै गएको छ । जेहोस् प्रत्यक्षतर्फको मनोनयन दर्ताले मंसिर ४ को चुनावप्रति जनतालाई थप उत्साहित र विश्वस्त तुल्याएको छ ।

उम्मेद्वारहरुको मनोनयन दर्ता भइसकेपछि अब उनीहरुको सुरक्षाको प्रश्न अहम् बनेर आएको छ । दलीय असहमतिकाबीच हुने निर्वाचनमा उम्मेदवारहरुको सुरक्षाको प्रश्न संवेदनशील हुने गर्दछ । देशमा अस्थिरता मच्चाउन चाहने र निर्वाचन भाँड्न चाहने पक्षले आफ्नो पहिलो निशाना उम्मेद्वारलाई बनाउने गर्दछ । उम्मेदवारलाई तलमाथि गर्यो भने समग्र निर्वाचन प्रक्रिया समेत अवरुद्ध हुने विश्लेषण निर्वाचन विरोधी तत्वहरुले गरेका हुन्छन् । बैद्य माओवादीका नेताहरुले त उम्मेद्वारलाई जनकार्वाही गर्नेसम्मको खुल्ला धम्की दिइसकेका छन् । यस्तोवेला अपराधिक उद्देश्य बोकेका अराजक झुण्डहरुको आँखा पनि उम्मेदवारहरुमाथि परेको हुन्छ ।

यतिवेला उम्मेदवारहरुलाई अपहरण गर्ने, फिरौती माग्ने, या उनीहरुमाथि कुटपिट गर्ने अपराधिक गतिविधि समेत बढ्ने सम्भावना हुन्छ । तसर्थ यस विषयमा सूरक्षा निकायको साथै राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारको सूरक्षामा विशेष सतर्कता अपनाउन जरुरी छ । त्यसको अलावा चुनाव विथोल्ने धम्की दिँदै आएकाहरुबाट पनि निर्वाचन प्रतिकूल अवाञ्छित गतिविधि बढ्नसक्नेतर्फ विशेष ध्यान दिनुपर्दछ । त्यसैले अब राज्य र राजनीतिक दलहरु सवैले उम्मेद्वार सूरक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्दछ ।