४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

उम्मेद्वारहरुको सूरक्षामा कडाई गर

उम्मेद्वारहरुको सूरक्षामा कडाई गर
अ+ अ-

 सचिन रोका –
आगामी मंसिर ४ गते हुने दोश्रो संविधानसभा चुनावको लागि प्रत्यक्षतर्फ विहीवार २ सय ४० वटै क्षेत्रमा उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । एकाध स्थानहरुमा क्षणिक तनाव भएतापनि मनोनयन दर्ताको काम देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यतालिकाको पहिलो महत्वपूर्ण कार्यक्रमका रुपमा यसलाई लिइएको छ ।

मनोनयन दर्तापछि अब मंसिर ४ मा चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधा धेरैजसो समाप्त भएको छ । मंसिर ४ मा निर्वाचन गर्ने प्रमुख दलहरुको गंभीर तयारी र दृढ प्रतिवद्धताको नमूनाको रुपमा मनोनयनलाई लिइएको छ । अमेरिका भ्रमणबाट फर्कदै गर्दा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चुनावको मिति कुनै हालतमा नसारी तोकिएकै समयमा सम्पन्न गराउने दरिलो प्रण दोहोर्याएका थिए । उनको त्यो प्रतिवद्धतापछि देशमा निर्वाचनको माहौल थप तातेको पनि छ ।

बैद्य माओवादीको मोर्चासँग सहमति बेगर चुनावी कार्यक्रम शुरु गर्नै हुन्न भन्ने पक्षमा रहेका केही नेताहरुले पनि अब वार्ताको उधारो जुवामा नलागि घोषित निर्वाचन सफल पार्नुपर्ने धारणा राख्न थालेपछि वातावरण सहज बन्दै गएको छ । जेहोस् प्रत्यक्षतर्फको मनोनयन दर्ताले मंसिर ४ को चुनावप्रति जनतालाई थप उत्साहित र विश्वस्त तुल्याएको छ ।

उम्मेद्वारहरुको मनोनयन दर्ता भइसकेपछि अब उनीहरुको सुरक्षाको प्रश्न अहम् बनेर आएको छ । दलीय असहमतिकाबीच हुने निर्वाचनमा उम्मेदवारहरुको सुरक्षाको प्रश्न संवेदनशील हुने गर्दछ । देशमा अस्थिरता मच्चाउन चाहने र निर्वाचन भाँड्न चाहने पक्षले आफ्नो पहिलो निशाना उम्मेद्वारलाई बनाउने गर्दछ । उम्मेदवारलाई तलमाथि गर्यो भने समग्र निर्वाचन प्रक्रिया समेत अवरुद्ध हुने विश्लेषण निर्वाचन विरोधी तत्वहरुले गरेका हुन्छन् । बैद्य माओवादीका नेताहरुले त उम्मेद्वारलाई जनकार्वाही गर्नेसम्मको खुल्ला धम्की दिइसकेका छन् । यस्तोवेला अपराधिक उद्देश्य बोकेका अराजक झुण्डहरुको आँखा पनि उम्मेदवारहरुमाथि परेको हुन्छ ।

यतिवेला उम्मेदवारहरुलाई अपहरण गर्ने, फिरौती माग्ने, या उनीहरुमाथि कुटपिट गर्ने अपराधिक गतिविधि समेत बढ्ने सम्भावना हुन्छ । तसर्थ यस विषयमा सूरक्षा निकायको साथै राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारको सूरक्षामा विशेष सतर्कता अपनाउन जरुरी छ । त्यसको अलावा चुनाव विथोल्ने धम्की दिँदै आएकाहरुबाट पनि निर्वाचन प्रतिकूल अवाञ्छित गतिविधि बढ्नसक्नेतर्फ विशेष ध्यान दिनुपर्दछ । त्यसैले अब राज्य र राजनीतिक दलहरु सवैले उम्मेद्वार सूरक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्दछ ।