• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

हिंसा विरुद्ध लडौ



  • सरिता ढकाल

पुर्विय समाजमा धार्मिक आडम्बरले निकै जरा गाडेको भएपनि त्यस भित्रका विकृतिहरु प्नि कम खतरनाक छैनन् । सबैभन्दा डरलाग्दो कुरा त यो समाज भित्र हुर्के बढेको बलत्कार हो । पछिल्लो समयमा भारतका एक तथाकथित योगी आशाराम बाबुले आफ्नो आश्रम भित्र बलत्कार मौलाउने घटनाहरु जरी राखेको सुचना आयो । त्यस्तै भारतमै बस भित्र सामुहिक बलत्कार गरियो । जे होस् दुई वटै घटनाले भारतिय समाजलाई निकै लल्जाबोध गरिरहेका बेला त्यहाँको प्रहरीले आशाराम बाबुलाई पक्रियो र बसभित्रै सामुहिक बलत्कार गर्नेलाई मृत्यूदण्डको सजाय पनि दियो । आसाराम बाबुले अब कस्तो दण्ड पाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।
नेपालमा पनि यस्ता घटनाहरु नभएका होईनन् । नेपाली समाजमा पनि बलत्कारका डरलाग्दा घटना भएका छन् । प्रहरी अधिकारीले नै बलत्कार पछि हत्या गरेका , घरमै राखिएका नोकर र कमलरी माथि बलत्कार भएका घटना यस अघि सार्वजनिक भएका छन् । सार्वजनिक नभएका घटना कति छन् कति । नेपाली समाजमा यि घटना खोजीका विषय पनि हुन् । सयौ बर्ष देखि सामान्ती परम्परामा हुर्किएको नेपाली समाज भित्र आडम्बरले दवाएका बलत्कारका घटना धेरै छन् । साथै डर , त्रास , अज्ञानता र सामाजिक बहिष्कारको भयले बलत्कारका धेरै घटना लुकेका छन् । नेपालको राजनितिक रुपान्तरणका लागि भएको युद्धको क्रममा राज्यले नै विद्रोही महिला माथि बलत्कार गर्न उक्साएको राज्य हिंसाको पनि चर्चा हुन्थ्यो । साहसी महिलाहरुले त्यो राज्य हिंसाको खुलासा पनि गरे । राज्यले बलत्कारको शिकार भएका महिलाको हत्या समेत गरेको त्यति बेलै पनि सार्वजनिक भएको थियो ।
नेपालमा अहिले बलत्कार विरुद्ध चेतना जागेको छ । तर बलत्कार घटेको छैन् । बलत्कारको घटना रोक्न नेपालमा पनि पहिलो कुरा त कानून हुनैपर्छ । आवश्यक पर्दा मृत्यू दण्डको पनि व्यवस्था हुनुपर्दछ । अब बन्ने संविधानमा त्यो व्यवस्था हुनुपर्छ । राजनितिक दलहरुले आ–आफ्ना चुनावी घोषणा पत्रमा राख्नु पर्छ । त्यस्तै महिलाहरुलाई जागरण र बिशेष तालिमको व्यवस्था पनि गर्नु पर्दछ । साथै महिलाहरुले पनि बलत्कार जस्तो अपराध बढ्न सक्ने भएकाले भड्किलो फेसन गर्न नहुने मान्यता माथि पनि चर्चा हुने गर्दछ । जे होस् बलत्कार जघन्य अपराध हो । यसलाई रृक्ने समाजको मुख्य दाहित्व हो । जीवन सुन्दर छ यसलाई कुरुप नबनाउ भन्ने नाराले निकै राम्रो सन्देश दिन्छ । तर बलत्कारीलाई मृत्यू दण्ड दिऔं भन्ने नारा मुनि बलात्कार विरुद्धको अभियान चलाउनु पर्छ ।