३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

आनी छोइङ्ग ड्रोल्मालाई स्वागत

आनी छोइङ्ग ड्रोल्मालाई  स्वागत
अ+ अ-

 
चोउद्फ़ोनटीन, बेल्जियमर शनिवार २६ अक्टोबर २०१३ का साझ चोउद्फ़ोनटीन क्यासिनोको खचाखच भरिएको भव्य सभा हलमा नेपाल(बेल्जियम फ्रेन्डशिप एसोसिएसनले आयोजना गरेको अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायीका तथा आर्य तारा स्कुल र आरोग्य फाउन्डेसनको संस्थापक एवं लुम्बिनी(कपिलवस्तु दिवस अभियानको ग्लोवल कमिटि सल्लाहकार आनी छोइङ्ग ड्रोल्माको ूयुरोपियन टुर २०१३ू को ओपनिङ्ग कार्यक्रम बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत महामहिम राममणि पोखरेलले बिध्युतिय प्रविधिबाट स्टेजमा लाइट प्रज्वलन गरि भव्यताका साथ समुदघाटन गर्नुभयो ।

उहाँले समुदघाटन कार्यक्रममा भन्नुभयो( ूदिस इज यन इण्डिकेसन द्याट आनीज सेरेने एण्ड सक्रेड म्युजिक इज बिकमिङ्ग मोर एण्ड मोर पोपुलर नट ओन्ली इन बेल्जियम बट् इन अदर पार्टस् अफ दि वर्ल्ड, एण्ड इन भ्यु ओफ ग्रोइङ्ग पोपुलारिटी, आइ होप वी कुड अर्गनाइज हर कन्सर्ट्स एमोंग इभन बिगर अडिएन्स इन बेल्जियम नेक्स्ट यअर ।ू साथै उहाँले भन्नुभयो( ूयज यु अल नो लर्ड बुद्ध वाज बोर्न इन लुम्बिनी, नेपाल इन ६२३ बि। सी। एण्ड एज दि बर्थप्लेस अफ बुद्ध, नेपाल हायज अल्वेज बीन ए प्लेस अफ पिल्ग्रिमेज फर दोज हु सिक् स्पिरिच्युअल अप्लिफट्मेन्ट ।ू

कार्यक्रम आयोजक नेपाल(बेल्जियम फ्रेन्डशिप एसोसिएसनका अध्यक्ष फ्रान्क वेर्मिर्श तथा बेल्जियमको वालोनिय क्षेत्रको लागि नेपालको कन्सुल सम्माननीय रोजर दि ग्रुइनको अथक प्रयासको लागि विशेष धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावप्रति राजदुत पोखरेलले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी(कपिलवस्तु दिवस अभियानको युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले अभियानको ग्लोवल कमिटि सल्लाहकार रहनु भएकी आनी छोइङ्ग ड्रोल्मालाई अभियानको तर्फबाट हरियो खादा ओढाएर हार्दिक स्वागत गर्दै वहांको ूयुरोपियन टुर २०१३ू को सफलताको लागि शुभकामना दिनुभयो । साथमा अभियानको राष्ट्रिय समिति बेल्जियमका संयोजक डिल्लीराम भण्डारीको पनि उपस्थिति थियो ।

कार्यक्रममा अत्यन्तै महत्वपूर्ण ढंगले स्टेजमा आफ्नो प्रस्तुतिकै क्रममा गायिका आनी छोइङ्ग ड्रोल्माले अंग्रेजी भाषामा ूबुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा रहेको तथ्य बताउदै त्यस तथ्यलाई विश्वभरी प्रचार प्रसार गर्न अभियान चलिरहेको छ र म त्यस अभियानको एक पार्टस् हुूँ भन्नुभयो । वहांले थप्दै भन्नुभयो( ूभारतका केहि तप्काबाट बुद्धको जन्मस्थल भारतमा भएको भनेर गर्ने गरेका प्रचारहरु सत्य होइनन ।ू

आनीको प्रस्तुतिको सम्मानमा दर्शकदिर्घाबाट गरिएको अविछिन्न गड्गडाहट् तालीले करिव ४ मिनेटसम्म हल गुञ्जियो । वहाँले दर्शकहरुलाई ताली रोक्न गरेको अनुरोधले मात्र त्यो रोकिएको थियो । करिव ६०० दर्शकले भरिएको हलमा बेल्जियमका लुभेन, ब्रुस्सेल्स, अन्त्वेर्पेन तथा अन्य शहरहरुबाट गरि कार्यक्रममा लगभग ५० जना जति नेपालीको उपस्थिति थियो भने अन्य सबै बेल्जियन नागरिकहरुले हल भरिएको थियो ।