११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको माया भए एकीकृत माओवादीलाई भोट : कलाकारहरु



अ+ अ-

संविधानसभाको दोस्रो निर्वाचन नजिकिदो अवस्थामा गाउँ–गाउँमा चुनावी रौनक बढेको छ । पार्टीका कार्यकर्ता, नेतादेखि तल्लो तहका जनतासम्ममा चुनावी बहस हुने गरेको छ । देशमा छाएको चुनावी माहोलबाट कलाकारहरु पनि अछुतो रहन सकेका छैनन् । देशका विभिन्न स्थानमा हुने गरेका चुनावी सभामा कलाकारहरुले खुलेरै भोट माग्ने गरेका छन् । ‘खेलकुद र सँस्कृतिका लागि सिर्जना’ भन्ने नाराका साथ झापाको लखनपुरस्थित धिमाल राष्ट्रिय संग्रहालय निर्माणस्थल मैदानमा आयोजित बृहत साँस्कृतिक तथा खेलकुद महोत्सव कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको निकै जमघट देखियो । चुनावको मुखमा आयो माओवादी बोलको गीति एल्वम सार्वजनिक गरेका चर्चित संगीतकार चेतन सापकोटाले जनवादी गीत गाउँदै नेपालको माया भए एकीकृत माओवादीलाई भोट हाल्न आग्रह गरे ।

एमाओवादीबाहेकको अरु शक्तिले देशमा परिवर्तन ल्याउन नसक्ने बताउँदै कुनै संकुचन नराखी एमाओवादीलाई दुई तिहाई बहुमत दिलाउन आग्रह गरे । देशको समग्र विकासको लागि निश्चित अवधिसम्म एकीकृत (माओवादी) लाई सरकार चलाउन आवश्यक बहुमत दिलाउन जनतासमक्ष उनले अपिल नै गरे । कार्यक्रममा जनवादी गायक जेवी टुहुरे, गिरिराज पौडेललगायतले आ–आफ्ना सांस्कृतिक प्रस्तुतिहरु पस्कँदै परिवर्तन पक्षधर शक्तिलाई दुई तिहाई मत दिन आग्रह गरे । युवा हाँस्य व्यङ्ग्यकारको प्रस्तुतिले सहभागिहरुलाई थप उत्साहित बनाएको थियो ।

एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनको मुख्य आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न खेलका प्रदर्शनीहरु प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए । झापा क्षेत्र नम्बर ७ का उम्मेद्वार तथा पूर्वसँस्कृति मन्त्री गोपाल किराँतीका लागि लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा ४ हजार बढी सर्वसाधारणको सहभागिता रहेको थियो ।