• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा

चेन्नई एक्सप्रेसको रेकर्ड तोड्यो ‘क्रिस-३’ ले



गत नोभेम्बर १ मा रिलिज भएको हिन्दी चलचित्र ‘क्रिस-३’ ले बलिउड बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । चलचित्र प्रदर्शनम आउनु अघि नै अंकलन अनुसार नै चलचित्रले बलिउडमा रेकर्ड कायम गर्न थालेको छ । चेन्नई एक्सप्रेसले गरेको कमाईको रेकर्ड तोड्दै चलचित्र प्रदर्शन गर्नु अघि नै गरिएको अनुमान सहि भएको छ । करिब ४ हजार हलहरुमा लागेको चलचित्र ‘क्रिस-३’ ले चेन्नई एक्सप्रेसले ६ दिनमा गरेको कमाईको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो । ‘क्रिस-३’ले ६ दिनमा नै १ सय ५२ करोड भारतिय रुपैँया कमाएर भारतिय बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको हो । चेन्नईले ७ दिनमा मात्र १ सय ५० करोड व्यापार गरेको थियो । 

अन्य अवस्थामा सोमबार चलचित्रको व्यापार ५० प्रतिशतले हुने गरेकोमा ‘क्रिस-३’ ले यसको रेकर्ड समेत तोडेको छ । दिपावली भएको कारण उक्त दिनमा ‘क्रिस-३’ ले निकै राम्रो व्यापार गरेको हो । यस्तै चौथो दिनमा ‘क्रिस-३’ ले गरेको कमाई अहिलेसम्म अन्य चलचित्रले एक दिनमा गरेको कमाईभन्दा धेरै रहेको छ । यसरि रेकर्ड तोड्ने क्रम जारी रहँदा अन्य रेकर्ड तोड्ने अनुमान पनि गरिएको छ । गत अगस्टमा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ले कुल लगभग २२५ करोड भारुको कारोबार गरेको थियो । त्यसअघि सबैभन्दा बढी आम्दानी गर्ने फिल्मको रेकर्ड अभिनेता आमिर खानको फिल्म ‘थ्री इडियट्स’को नाममा रहेको थियो । ‘थ्री इडियट्स’ले कुल २०२ करोड भारुको कारोबार गरेको थियो । ‘क्रिस-३’ मा ऋतिकसँगै अभिनेता विवेक ओबराय, अभिनेत्रीहरु प्रियंका चोपडा, कंगना रानावतको मूख्य अभिनय रहेको छ । ‘क्रिस-३’ बलिउडमा सन् २००३ मा प्रदर्शनमा आएको फिल्म ‘कोई मिल गया’को तेस्रो भाग भएको जनाइएको छ ।