११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई एक्सप्रेसको रेकर्ड तोड्यो ‘क्रिस-३’ ले



अ+ अ-

गत नोभेम्बर १ मा रिलिज भएको हिन्दी चलचित्र ‘क्रिस-३’ ले बलिउड बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । चलचित्र प्रदर्शनम आउनु अघि नै अंकलन अनुसार नै चलचित्रले बलिउडमा रेकर्ड कायम गर्न थालेको छ । चेन्नई एक्सप्रेसले गरेको कमाईको रेकर्ड तोड्दै चलचित्र प्रदर्शन गर्नु अघि नै गरिएको अनुमान सहि भएको छ । करिब ४ हजार हलहरुमा लागेको चलचित्र ‘क्रिस-३’ ले चेन्नई एक्सप्रेसले ६ दिनमा गरेको कमाईको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो । ‘क्रिस-३’ले ६ दिनमा नै १ सय ५२ करोड भारतिय रुपैँया कमाएर भारतिय बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको हो । चेन्नईले ७ दिनमा मात्र १ सय ५० करोड व्यापार गरेको थियो । 

अन्य अवस्थामा सोमबार चलचित्रको व्यापार ५० प्रतिशतले हुने गरेकोमा ‘क्रिस-३’ ले यसको रेकर्ड समेत तोडेको छ । दिपावली भएको कारण उक्त दिनमा ‘क्रिस-३’ ले निकै राम्रो व्यापार गरेको हो । यस्तै चौथो दिनमा ‘क्रिस-३’ ले गरेको कमाई अहिलेसम्म अन्य चलचित्रले एक दिनमा गरेको कमाईभन्दा धेरै रहेको छ । यसरि रेकर्ड तोड्ने क्रम जारी रहँदा अन्य रेकर्ड तोड्ने अनुमान पनि गरिएको छ । गत अगस्टमा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ले कुल लगभग २२५ करोड भारुको कारोबार गरेको थियो । त्यसअघि सबैभन्दा बढी आम्दानी गर्ने फिल्मको रेकर्ड अभिनेता आमिर खानको फिल्म ‘थ्री इडियट्स’को नाममा रहेको थियो । ‘थ्री इडियट्स’ले कुल २०२ करोड भारुको कारोबार गरेको थियो । ‘क्रिस-३’ मा ऋतिकसँगै अभिनेता विवेक ओबराय, अभिनेत्रीहरु प्रियंका चोपडा, कंगना रानावतको मूख्य अभिनय रहेको छ । ‘क्रिस-३’ बलिउडमा सन् २००३ मा प्रदर्शनमा आएको फिल्म ‘कोई मिल गया’को तेस्रो भाग भएको जनाइएको छ ।