३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

एनआरएनएका अध्यक्षद्वारा नेपालमा उच्चस्तरीय भेटवार्ता र छलफल

एनआरएनएका अध्यक्षद्वारा नेपालमा उच्चस्तरीय भेटवार्ता र छलफल
अ+ अ-

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले नेपालका उच्चपदस्थ सरकारी अधिकारी, गैरसरकारी क्षेत्रका प्रतिनिधि र अन्तराष्ट्रिय समुदायका प्रतिनिधिसंग भेटवार्ता गरी गैरआवासीय नेपाली अभियान, लगानी, सुरक्षित आप्रवासन लगायतका बिषयमा तत्कालै गर्नुपर्ने काम र नीतिगत सुधारबारे लविङ गर्नुभएको छ ।

संबिधानसभा निर्वाचन सम्पन्न भएलगत्तै अध्यक्ष घलेले नेपालका राष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, परराष्ट्र तथा गृहमन्त्री, श्रममन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मूख्य सचिव, श्रम सचिव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि, अन्तराष्ट्रिय श्रम संगठन, एशियाली बिकाश बैंकका प्रतिनिधि लगायत संग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो ।

उच्च सरकारी अधिकारीहरुसंगको भेटमा अध्यक्ष घलेले हालै संबिधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिंदै यो संबिधानसभाले संबिधान निर्माण गरि नेपालमा स्थीरता र सम्बृद्धिका लागि मार्ग प्रसस्त गर्नेमा बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरु आशावादी रहेको बताउनुभयो ।

भेटमा उहाँले गैरआवासीय नेपाली संघको वर्तमान कार्यसमितिले अघि सारेका कार्ययोजनाबारे जानकारी गराउँदै नेपालको आर्थिक बिकाश, लगानी बिस्तार, उद्यमशीलता बिकाश लगायतका क्षेत्रमा आफ्नो कार्यकाल केन्द्रीत हुने जानकारी गराउनुभयो ।

नेपाली नागरिकताको निरन्तरता तथा बिदेशमा बस्ने नेपालीको मताधिकार नयाँ संबिधानले सुनिश्चीत गर्नेमा आफु बिश्वस्त रहेको भन्दै अध्यक्ष घलले गैरआवासीय नेपाली ऐनको कार्यन्वयन र त्यसअन्र्तगतका सहुलियतको सुनिश्चितताका बिषयमा समेत उच्च अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।

सुरक्षित आप्रवासनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव दिंदै उहाँले बिदेशी भूमीमा अलपत्र परेका तथा अंगभंग भएका नेपालीका लागि गैरआवासीय नेपाली संघले हालै स्थापना गरेको अक्षय कोषसंग हातेमालो र साझेदारीका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । राष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, परराष्ट्रमन्त्री, श्रममन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, श्रम सचिव, लगानी  बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायत सवै उच्च सरकारी अधिकारीहरुले गैरआवासीय नेपाली संघले अघि सारेका मागबारे गम्भिर रहेको र ती माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

यसैगरी उहाँले नेपालस्थित  संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि, अन्तराष्ट्रिय श्रम संगठन, एशियाली बिकाश बैंकका प्रतिनिधि लगायतसंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । ती भेटमा अध्यक्ष घलेले संघ बारे जानकारी गराउँदै उद्यमशीलता बिकाश तथा अन्य बिषयहरुमा सहकार्यका औवसरहरु पहिचान गर्नु पर्ने आग्रह गर्नुभयो । जवाफमा दातृ नियकाका प्रतिनिधिहरुले गैरआवासीय नेपाली संघसंग सहकार्य र हातेमालो गरी उद्यमशीलता बिकाशमा अघि बढ्न तयार रहेको जानकारी दिंदै सहकार्यको ढाँचाबारे बिस्तृत छलफल गर्ने बताउनुभयो ।

भेटपछि अध्यक्ष घलेले सवै छलफलबाट आफु निकै उत्साहित भएको प्रतिक्रिया दिनुभयो । नीतिगत सुधारका लागि उच्च सरकारी तहसंग निरन्तर छलफल गर्ने र लविङ गर्ने कामलाई आफुले प्राथमिकतामा राखेको घलेले बताउनुभयो ।