१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्रद्वारा एनआरटी पराजित



अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित  गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे भने एनआरटीका एरिक विष्टले सान्त्वना गोल गरे । 

खेलको १२ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । विशाल राईको पासमा उनले गोल गरेका हुन् । 

५४ औं मिनेटमा एरिक विष्टले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए ।  

खेलको ८० औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच सुनिल बल घोषित भए ।