३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

अष्ट्रेलियामा गुल्मीवासी जुटे

अष्ट्रेलियामा गुल्मीवासी जुटे
अ+ अ-


अध्ययन र रोजगारीको सिलशिलामा विश्वको विभिन्न मुलुकमा पुगेका नेपालीहरुले आफ्नो भाषा, संस्कृति , रहन सहन र आफु जन्मेको ठाउँ भुलेका छैनन् । आफ्नो देशबाट निकै टाढा समुन्द्रपार बसोबास गर्ने नेपालीहरुले आफु बसेको देशमा पुगेका जिल्लावासीहरुलाई संगठित गर्न थालेका छन् । संगठित भएर आफ्नो मातृभुमिको विकासमा योगदान गर्ने सोचाई अनुसार विदेशमा विभिन्न समाज र संगठनहरु प्नि निर्माण भएका छन् ।

अष्ट्रेलियाको सिड्नीमा नेपालको गुल्मीजिल्लाबासीहरुको भेला हुँदैछ भन्ने खबर फेसबुकबाट थाहा पाएर कार्यक्रम स्थल पुगेका चक्रपाणी तिवारी आईतवार दिउसो सिड्नीको दक्षिण क्यान्ड्रिक पार्क टेम्पेमा निकै खुसी देखिन्थे । काठमाण्डौमा नेपालको गुल्मीजिल्लाको निकै बर्चस्व छ । तर काठमाण्डौमै गुल्मीवासीको पिकनिक आयोजना गर्दा जती संख्यामा जिल्लावासी उपस्थित हुन्थे त्यो भन्दा बढी सिड्नीमा उपस्थित थिए । उक्त भेलामा गुल्मीबाट नेपालको नवलपरासी , रुपन्देही र चितवन बसाई सरेका र त्यहाँबाट अष्ट्रेलिया पुगेकाहरुको पनि बाक्लो उपस्थिति थियो ।
यो भेलामा रमाईलो पक्ष यो पनि थियो कि यहाँ तीनै पुस्ताको सहभागिता थियो । हजुरबुबा –हजुरआमा, बा–आमा र नाति – नातिना सहितको उपस्थिति भएको भेला निकै रमाईलो थियो । करिब दुईसय जनाको उपस्थिति रहेको भेलाले सिड्नीमा स्थापित व्यवसायी भिम खरेलको अध्यक्षतमा गुल्मेली समाज अस्ट्रेलिया गठन गरेको छ । डिसेम्बर १५ आईतवारका दिन भएको यो भेलाले उपाध्यक्ष पद भिक्टोरिया राज्यका लागि छुट््याएर पछि पुर्तिगर्ने बताईएको छ । अष्ट्रेलियामा सिड्नी सहित मेलवर्न , ब्रिस्वेन , एडिलाईट , क्यानवेरा लगायतका शहरमा पनि करिव १५ सय गुल्मीवासीको वसोवास रहेको छ । आईतवारको भेलामा भने क्यानवेराबाट पनि उपस्थिति थियो ।
१३ सदस्यि उक्त कार्यसमितिको सचिवमा श्याम केसी, सह सचिवमा सुभाष ज्ञवाली र कोषाध्यक्षमा भिष्म भण्डारी रहेका छन् । यस्तै समाजको सांस्कृतिक सचिव माया थापा र सदस्यहरुमा चतुर्भुज खरेल, बिज्ञान कार्र्की, सुभाष गौतम, कृष्ण सापकोटा, कमला बस्नेत जीसी, विष्णु भुषाल र मन्जु पौडेल रहेका छन् । यो भेलामा गैर आवसिय नेपाली संघका प्रवक्ता मन केसीले पदाधिकारीहरुको नाम घोषणा गर्दै सम्पुर्ण पदाधिकारीहरुको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए ।
उक्त भेलामा उपस्थित जिल्लावासीहरुलाई सम्बोधन गर्दै अध्यक्ष भिम खरेलले आफ्नो जन्म थलो, अध्ययन गरेको विद्यालय र गाउं बेसीको विकासमा समाज सक्रिय हुने विचार राखेका थिए । एन आर एन अष्ट्रेलियाका पुर्व उपाध्यक्ष पे्रम सापकोटाले पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । नबगठित कार्यसमिति सदस्य मञ्जु पौडेलले गित गाउँदा भेला झनै रमाईलो भएको थियो ।