४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

समानुपातिकमा पर्न एमालेभित्र लफडै लफडा

समानुपातिकमा पर्न एमालेभित्र लफडै लफडा
अ+ अ-

काठमाण्डौं, २ पुष । संविधानसभामा दोस्रो शक्तिको रुपमा उदाएको नेकपा एमालेमा समानुपातिक सभासद छान्ने विषयमा विवाद देखिएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठकले टुङ्गो लगाउन नसकी केन्द्रीय कमिटीमा पठाएको समानुपातिकको सुचि तयार गर्ने जिम्मा घुम्दै फिर्दै रुम्जाटार भनेझै फेरी स्थायी कमिटिमै पुगेको छ । नेकपा एमालेको स्थायी कमिटीमा नेता केपी शर्मा ओली पक्षको बहुमत छ भने, केन्द्रीय कमिटिमा अध्यक्ष झलनाथ खनाल पक्षको बहुमत छ ।
समानुपातिक सभासदको विषय टुङ्गो लगाउने काम फेरी स्थायी कमिटीले नै पाए पछि त्यसका लागि चार वटा सूची तयार भएका छन् । अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधबकुमार नेपाल, केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलका सूची बनिबनाउ अवस्थामा छन् ।

नेपालका कारण अरु २ गुट समस्यामा
कहिले अध्यक्ष खनाल पक्षमा लाग्ने त कहिले केपी ओलीको पक्षमा लाग्ने बरिष्ठ नेता माधब कुमार नेपालले अहिले आफ्नै सूची तयार गरेपछि दुबै पक्ष आक्रोशित छन् । अघिल्लो पटक दुइ ठाउँबाट पराजित भएका नेपाल यस पटक दुवै ठाउँबाट विजयी भएपछि अरु नेतालाई टेर्न छोडेको खनाल र ओली गुटमा चर्चा छ । उता गुटगत हिसावले माधव नेपालसँगै रहेका र काठमाडौं ५ बाट पराजित महासचिब इश्वर पोखरेल पनि अहिले नेपालले भन्दा अलग सूची स्थायी कमिटिमा पढेर सुनाएपछि नेताहरु थप हैरान परेशान भएका छन् । तर नेपालले चुनाब जितेर छाड्न लागेको काठमाडौं क्षेत्र नम्बर २ का लागि मोलमोलाई गर्न महासचिव पोखरेलले आफ्नो तर्फबाट पनि सूची पेश गरेको स्रोतको दावी छ ।

महाधिवेशनको हतियार
शीर्ष नेताहरुले समानुपातिक सभासदको सूचीलाई आगामी महाधिबेशनसँग जोडेका छन् । महाधिबेशनमा अध्यक्ष ताकेका वर्तमान अध्यक्ष खनाल, बरिष्ठ नेता नेपाल, महासचिव पोखरेल र नेता ओलीबीच शक्ति आर्जनको खेल सुरु भएको छ । कार्यकर्ताहरु आफ्नो पक्षमा पार्न समानुपातिक सभासदको लम्बे लम्बे सूचीहरु तयार भन्दै एक केन्द्रीय सदस्यले दुखेसो पोखे । आफ्नो पक्षका सभासद भएमा त्यसको प्रत्यक्ष प्रभाव जिल्ला तहमा पर्ने र महाधिवेशनमा आफ्नो परिणाम बलियो हुने दाउ नेताहरुले हेरिरहेकाछन् । महाधिवेशनमा निर्वाचन हुने लगभग निश्चित भएको अवस्थामा जिल्ला तहमा पनि आर्थिक रुपमा परिचालन गर्न समेत आफ्नो गुटको प्रभाव फैलाउन नेताहरुको होड चलेको बताइन्छ । त्यस अवस्थामा कुनै पनि शर्तमा सभासदका लागि आफ्नो गुटमा प्रभाव कम हुने गरी सहमती नगर्ने अडानमा नेताहरु रहेका छन् । इमान्दार, योग्य र गुटमा नलाग्ने कार्यकर्ताहरु भने अहिलेको समानुपातिक सुचीमा नपर्ने करिब निश्चित भएको कतिपयको गुनासो छ । महाधिबेशन आफ्नो पक्षमा पार्न समेत ठूलो धनराशी खर्च हुने भएकाले शीर्ष र दोस्रो तहका नेताहरुले त्यही आधारमा समानुपातिकको सूचीमा रहेका नामहरुको तानातान भइरहेको असन्तुष्ट कार्यकर्ताहरु स्वयम बताउछन् । आर्थिक चलखेलका आधारमा समानुपातिक सभासद सिफारिस हुने चर्चा चलिरहेको बेला एमालेमा गुटगत शक्ति बलियो पार्न होडमा नेताहरु लागेको कारण सहमती जुट्न ढिलाई भएको गुनासो बल्खुमा प्राङ्गनमा यत्रतत्र सुन्न पाईन्छ ।

कम छैन आकांक्षीको दवाव
नेकपा एमालेको स्थायी र केन्द्रीय कमिटीले निर्णय गरेर शीर्ष नेताहरुलाई दवाव नदिन आग्रह गर्दै विज्ञप्ति प्रकाशित गरे पनि आकांक्षीहरुले भने दवाव दिन छोडेका छैनन् । शीर्ष नेताहरुलाई दवाव दिन यसअघि निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक सूचीमा रहेका नेताहरु शीर्ष नेताका घर, डेरा र बल्खु वरीपरी झुम्मिने गरेका देखिन्छन् । अहिले पार्टीको अवस्था राम्रो रहेको र फेरी यस्तो मौका आउन नसक्ने भन्दै सूचीवालहरु सभासद बन्न अन्तिम दौडधुपमा रहेका छन् । समानुपातिक सूचीमा रहेका र दवाव दिन आएका एक नेताले बल्खुमा भने ‘अहिले एमालेले जति सीट पाएको छ, यो अनुमान नै नगरिएको सीट हो । त्यसैले यस्तो अवस्थामा परिएन भने कहिल्यै पनि परिदैन ।’ सभासद बन्नका लागि पैंसा खर्च नगर्ने आफ्नो पार्टीमा कोही पनि नभएको उनले स्वीकार गरे । केही मझौला नेताहरु भने पार्टीमा गुटको प्रभाव र पैसाको ठूलै चलखेल भएको चाल पाएपछि आफ्नै गाउँ फर्किएका छन् । एक नेताले भने — ‘हामीसँग नेतालाई बुझाउने पैसा जोहो गर्ने क्षमता छैन । किन काठमाडौंमा खर्च गरेर बस्नु र ?’ सभासद बन्नका लागि थेग्नै नसकिने गरी आर्थिक चलखेल भएको उनको गुनसो थियो ।

बहाना एमाओवादी
नेकपा एमालेका पनि शीर्ष नेताहरुबीच देखिएको चर्को गुटबन्दीका कारण सहमतिमा समानुपातिक सभासद छान्ने काम समेत रोकिएको छ । एमालेमा अझै पनि केही दिनसम्म यो विवाद कायम रहने र अन्तिम दिनसम्म नै यसको गृहकार्य चलिरहने बल्खु स्रोत बताउँछ । निर्वाचन आयोगले एकीकृत माओवादी सहितका सबै दलहरुलाई सभासदको अन्तिम सूची बुझाउन भन्दै सोमबार पुस १० गते सम्मका लागि समय थपेको छ । संविधासभामा आफ्नो तर्फका सभासद नपठाउने अडानमा रहेका एकीकृत माओवादी सहितका दलहरुले पनि म्याद थप्नका लागि निर्वाचन आयोगमा आग्रह गरे । उनीहरुको यो आग्रहले सूची बनाउन नसकेका एमाले काँग्रेसलाई नै भएको छ । उनीहरुले गृहकार्य गर्न थप समय पाएका छन् । केही सञ्चार माध्यममा एमालेका नेताहरुले एमाओवादीलाई सहमतिमा ल्याउनका लागि म्याद थपिएको बताएका छन् तर पनि म्याद नथपेको अवस्थामा तीन गते बुधबारसम्म एमालेले सूची बुझाउन नसक्ने निश्चित थियो । निर्वाचनमा घात, अन्तरघातको बारेमा चर्को बहस गरेका एमालेका नेताहरुलाई समानुपातिक सभासद छनौटको विषयले आच्छु आच्छु भएका छन् ।