३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

पथ्थरी- के खाने के नखाने

पथ्थरी- के खाने के नखाने
अ+ अ-


हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।

कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्‍स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो ।

पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्‍याकहर्न स्टोन बाह्‍र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् ।

पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन ।

मौसम अनुसार पाउन सकिने फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ । पिसावनली, पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन गर्नने नलीमा पनि अड्किएर रक्तस्राव जस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनु पर्दछ ।