९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयासी हजारलाई पोलियो थोपा खुवाइने



अ+ अ-

 

नेपालगन्ज, ४ पुस –

यस वर्षको राष्ट्रिय खोप अभियानअन्तर्गत बाँके जिल्लाका ८२ हजार २९७ जना पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लका अनुसार पहिलो चरणअन्तर्गत पुस ६ र ७ तथा दोस्रो चरणको वैशाख ९ र १० गते पोलियो थोपा खुवाइने छ । कुल ४६ गाविस र एक नगरपालिका रहेको यस जिल्लाका लक्ष्यित बालबालिकालाई पोलियो थोपा खुवाउन ५१५ खोप केन्द्र व्यवस्था गरिएको छ भने ७८९ महिला स्वयम्सेविका परिचालन गरिने छ ।

जिल्लाको उढरापुर, जयसपुर, होलिया, मटहैया गाविस तथा नगरपालिकाको वडा नं ६, ८, ११, १२ र १६ का मुस्लिम, कुसबधिया, चिडिमार समुदायले खोप लिन आनाकानी गर्ने गरी आएकाले खोप नियन्त्रण चुनौतीपूर्ण रहेको जनस्वास्थ्य प्रमुख मल्ल बताउनुहुन्छ । पोलियो थोपा खुवाउने दिन जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल–भारत सीमा नाकामा समेत खोप केन्द्र स्थापना गरी बालबालिकालाई पोलियो थोपा खुवाउने व्यवस्था पनि मिलाएको छ ।