९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तयार हुनुहोस् बाबु नानीलाई पोलियो थोपा खुवाउन



अ+ अ-

वीरगन्ज, ५ पुस –

राष्ट्रिय पोलियो खोप अभियानअन्तर्गत पहिलो चरणमा यही पुस ६ र ७ गते जिल्लाभरिका पाच वर्षमुनिका बालबालिकालाई पोलियोको थोपा खुवाइँदैछ । दोस्रो चरणमा माघ ११ र १२ गते पोलियोको थोपा खुवाइने कार्यक्रम रहेको छ ।यस वर्षको राष्ट्रिय पोलियो खोप अभियानलाई भव्यताका साथ सफल पार्न पर्सामा आवश्यक सम्पूर्ण गृहकार्य पूरा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, पर्सामा जन्मेदेखि पाच वर्षमुनिका झन्डै एक लाख २३ हजार ३८६ जना बालबालिकालाई पोलियो थोपा खुवाइने लक्ष्य राखेको छ ‘नजिकको खोप केन्द्रमा लगी पोलियो थोपा खुवाऔँ, पोलियो सदाका लागि भगाऔँ’ भन्ने मूल नाराका साथ भोलि सुरु हुने यो अभियानका लागि जिल्लाभर ८७२ वटा बुथ कायम गरिएको छ । यस कार्यका लागि १७५ जना स्वास्थ्यकर्मी र एक हजार ७४४ जना स्वयम्सेवक परिचालन गरिएको छ ।

 

 

 

बयासी गाविस र एक वीरगन्ज उपमहानगरपालिका रहेको पर्सामा पोलियो थोपा खुवाउने दिन जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल–भारत सीमा नाकामा समेत खोप केन्द्र स्थापना गरी बालबालिकालाई पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको छ ।पोलियो खोप अभियानको प्रभावकारिताका लागि जिल्ला खोप अभियान समितिका अध्यक्ष एवम् पर्साका स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा सात सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ ।