४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

फेरी गुटबन्दीको मार खेप्दैछ काँग्रेस

फेरी गुटबन्दीको मार खेप्दैछ काँग्रेस
अ+ अ-

काठमाण्डौ – संविधानसभा निर्वाचनमा पार्टी पराजित हुने डरले थुम्थुम्याइएको नेपाली काङ्ग्रेसभित्रको गुटहरु फेरी सक्रिय भएका छन । सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा पक्षबीच शक्ति बाँडफाँडको विषयलाई लिएर फेरी चर्को गुटबन्दी सुरु भएको छ ।

राजधानीमा जारी केन्द्रीय कार्यसमिति बैठकमा गुटबन्दी सतहमा देखिएको छ । अबको सरकारको नेतृत्व, समानुपातिक सभासद चयन र दलहरुबीचको सहमती प्रक्रियाका विषयमा काङ्ग्रेस बैठकमा दुइ धार देखिएको छ ।
संविधानसभामा सबैभन्दा ठूलो पार्टी बनेको हैसियतमा सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने करिब निश्चित भएपछि सभापति कोइराला र नेता देउवा दुबैले आकाँक्षा प्रकट गरेका छन् । केन्द्रीय समितिको बैठकमा कोइराला र देउवा पक्षधर केन्द्रीय सदस्यहरुले आ–आफ्नो गुटको पक्षमा धारणा राखिरहेका छन । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ धेरै संख्यामा विजयी केन्द्रीय सदस्यहरुले सभापति कोइरालाको आलोचना गरेका छन् । सभापति कोइराला पक्षका धेरै जसो केन्द्रीय सदस्यहरुले भने निर्वाचनमा देउवा पक्षबाट अन्तरघात भएको भन्दै केही नेताहरुको नामै किटेर कारवाही गर्न माग गरेका छन् ।

संसदीय समितिमा बहुमत पु-याउने कसरत
संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत पाएको देउवा पक्षले समानुपातिक सभासदको मापदण्ड संसोधन गर्दै संसदीय दलमा पनि आफ्नो पक्षको बहुमत पु-याउने कसरत गरेको छ । नेपाली काङ्ग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता स्वतः प्रधानमन्त्री हुने ब्यवस्था रहेकाले देउवाले मापदण्ड सच्याएरै भएपनि बहुमत पु¥याउने कसरत गरेको कोइराला पक्षका नेताले आरोप लगाएका छन् । देउवा पक्षमा रहेकाहरुले सभासद सिफारिसमा पहिले सभासद भैसकेकाहरुलाई स्थान नदिन माग गरेका छन् । यद्यपि सैद्धान्तिक रुपले कोइराला पक्षधरहरुले समेत यसको समर्थन गरेका छन् । पुराना समासद नदोहोरिएको अवस्थामा आफ्नो पक्षको बहुमत हुने देउवा पक्षले विश्वास लिएको छ । देउवा पक्षका केन्द्रीय सदस्य नारायण खड्काले संसदीय समितिमा जसको बहुमत भएपनि नयाँ अनुहार ल्याउन लविङ्ग गरिरहेका छन् । उनले पार्टीका क्षमतावान र इमान्दार कार्यकर्तालाई स्थान दिनुपर्छ भन्नेमा कुनै विवाद नभएको जिकिर गरे ।

साथ दिनेहरुले छोड्लान् भन्ने कोइरालाको चिन्ता
एकीकृत माओवादी सहितका दलहरुसँगको सहमतीको प्रक्रियाको विषयमा कोइराला पक्षका नेताहरुले असन्तुष्टि जनाएका छन् । सभापति कोइरालाकै पक्षमा रहेका केन्द्रीय सदस्यहरु गगन थापा, नविन्द्रराज जोशी, धनराज गुरुङ, जीवन परियार लगायतले समेत कोइरालाको चर्को आलोचना गरेका छन् । सभापतिले एकीकृत माओवादीसँग पाँच बुँदे सहमती गर्न लागेको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । सभापति कोइराला पक्षका नेताहरुले नै कोइरालाको आलोचना गरेपछि देउवा पक्षलाई आफ्नो हात माथि पार्न सजिलो भएको छ । केही केन्द्रीय सदस्यहरुले भने एमालेको भन्दा एकीकृत माओवादीको साथ लिन उत्तम हुने धारणा राखेका छन् । केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले एमालेसँग मिलेर एकीकृत नेकपा माओवादीलाई बाहिर राखेर सरकार चलाउनु भन्दा प्रतिपक्षमा नै बस्न उचित हुने धारणा राखेका छन् । एकीकृत माओवादीलाई बाहिर राखेर संविधान बनाउन नसकिने र बनेपनि त्यो दिगो नहुने विश्वकर्माको बुझाइ छ । केन्द्रीय सदस्य महेश आचार्य, नरहरि आचार्य, अर्जुनप्रसाद जोशी, मोहम्मद आफ्ताव आलम, कृष्णचन्द्र नेपालीले एमाओवादीसँग सहमती गरिएपनि केन्द्रीय समितिमा छलफल गरी पारदर्शी ढंगले लाग्न सुझाब दिएका छन् । आफुले विश्वास गरेका नेताहरुले आफ्नो चर्को आलोचना गरे पछि प्रधानमन्त्रीको कुर्ची ताकेका कोइराला झस्किएका छन् ।

प्रजातान्त्रीक पार्टीमा बोल्नै बन्देज
नेपाली काङ्ग्रेसमा विवाद चर्किदै गएपछि बैठकमा सबै सदस्यहरुले बोल्न नपाउने सम्भावना बढेको छ । मंगलबार र बुधबार गरी २७ जना केन्द्रीय सदस्यहरुले मात्रै विचार राखेको भए पनि कोइराला पक्षकै नेताहरुले बैठक लम्ब्याउन उचित नठाउनेपछि छिटो सक्ने तयारी भएको छ । बोल्ने आकांक्षी थपिएपनि विषय दोहोरिएको भन्दै सभापति कोइरालाले रोक्ने प्रयास गरिरहेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले समानुपातिक सभासद चयनमा भागबण्डा नगर्न चेतावनी दिदै त्यसको मापदण्ड बनाएर पारदर्शी गर्न सुझाब दिएपनि त्यसलाई कसैले टेरपुच्छर लाएको छैन । केन्द्रीय सदस्य शंकर भण्डारी, जीवन परियार, पार्वती डी.सी. चौधरी लगायतले अन्तर्घातिहरुलाई नै सभासद बनाउने खेल भैरहेको दावी गर्दै उनीहरुमाथि कारवाहीको मापदण्ड बनाउन माग गरेका छन् ।

राष्ट्रपति बारे भने एक ठाउँमा
अघिल्लो संविधानसभा निर्वाचनपछि राष्ट्रपति आफ्नो भागमा पारेको काङ्ग्रेस अहिले पनि राष्ट्रपति जोगाउने अडानमा छ । पार्टी नेतृत्व अनावश्यक रुपमा राष्ट्रपतिको अल्झनमा लागेको भन्दै सबैजसो केन्द्रीय सदस्यहरुले शीर्ष नेतृत्वको आलोचना गरेका छन् । नेकपा एमाले र एकीकृत नेकपा माओवादीले राष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्ने मागको विपक्षमा भने काँग्रेसमा विवाद छैन । नयाँ सरकारको नेतृत्व पाउन राष्ट्रपतिमा कुनै सम्झौता गर्न नहुने बरु प्रतिपक्षमा नै बस्न उचित हुने केन्द्रीय सदस्यहरुको सुझाब आएको आमोदप्रसाद उपाध्यायले जानकारी दिए ।

सहमतिका लागि झन उल्झनको संकेत
नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठकले सहमतिको खाका ल्याउने अपेक्षा गरिएको भएपनि आफैमा विभाजित मानसिकता बोकेर बैठक सकिने संकेत देखिएको छ । समानुपातिक सभासद छनौटको आन्तरिक विषयमा समेत स्पष्ट मापदण्ड बनाउन नसक्ने देखिएको बैठक सरकारको नेतृत्वको विषयमा पनि अन्यौल थावत राख्दै सकिने संभावना रहेको श्रोतले बताएको छ । नेकपा एमालेसँगको सहकार्य वा एकीकृत माओवादीसँगको सहकार्य भन्ने विषयमा पनि कुनै ठोस निर्णय हुने संभावना कमजोर देखिएको बताईन्छ । समानुपातिक उम्मेदवार छनौटको मापदण्ड, सरकार गठन, संविधान निर्माण र अन्य दलहरुसँगको सहकार्य बारे धारणा बनाउन बसिरहेको भनिएको बैठकले ठोस निश्कर्ष ल्याउन नसक्दा त्यसको प्रत्यक्ष असर जारी संक्रमणकालमा पर्ने र सरकार गठन प्रक्रिया अझै लम्बिने देखिएको छ ।

गुटबन्दी चर्किने
सरकारको नेतृत्व, अन्य दलहरुसँगको सम्बन्ध लगायतका विषयलाई लिएर चर्किएको विवाद तत्काल साम्य नहुने भएको छ । काङ्ग्रेसका दुईजना शीर्ष नेताहरु नै विभाजित अवस्थामा रहेकोले गुटबन्दी थप चर्कने संकेत देखिएको छ । उपसभापति रामचन्द्र पौडेलले समेत सभापति कोइराला र देउवाको विवादको बीचचमा आफुलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेका छन् । सरकारको नेतृत्वमा सभापति कोइराला वा नेता देउवा वा उपसभापति पौडेल जोसुकै आएपनि अर्को पक्ष असन्तुष्ट हुने र त्यसको असर दीर्घकालसम्म रहनसक्ने भन्दै इमान्दार कार्यकर्ताहरु चिन्तित बनेका छन ।