३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

स्वास्थ्यकर्मी नआउँदा मेडिकलमा उपचार

स्वास्थ्यकर्मी नआउँदा मेडिकलमा उपचार
अ+ अ-

मुगु, ८ पुस ।

जिल्लाको पश्चिम क्षेत्र खत्याड भेगको ह्याँग्लु गाविसमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा आउन छोडेपछि त्यहाँका स्थानीयवासी निजी मेडिकलबाट औषधि किन्न र उपचार गराउन बाध्य भएका छन् । ह्याँग्लु गाउँमा रहेको स्वास्थ्य चौकीका इन्चार्ज टक्कबहादुर डाँगर महिनाको एकपटक मात्र स्वास्थ्य चौकीमा आउने गरेको तथा चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता चन्द्रबहादुर बुढाले स्वास्थ्य चौकीमा नगएर गाउँमा नै मेडिकल चलाएर बस्न थालेपछि स्वास्थ्य केनद्रमा पुग्ने बिरामीले सामान्य परामर्श सेवासमेत पाउन नसकेको ह्याँग्लु–३ की सङ्गीता रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो–“गाउँमा स्वास्थ्य चौकी छ तर सधैँ बन्द हुन्छ । कर्मचारी आउँदैनन्, महिनाको एकचोटि आउने स्वास्थ्यकर्मी पुगेका बेला औषधिसमेत छैन । हामी निजी मेडिकलमा औषधि गर्न बाध्य छौँ ।” चौकीमा कार्यरत ग्रामीण स्वास्थ्य कार्यकर्ता बुढा उही गाउँमा भए पनि स्वास्थ्य चौकीमा नगएर आफ्नो मेडिकल मात्र चलाएर बस्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । ह्याँग्लु गाविसबाट मात्र नभएर बिरामीहरू छिमेकी जिल्ला बाजुराका रुगिन, बिच्छियाबाट समेत बिरामी आउने गरेका र स्वास्थ्यकर्मी नभेट्दा सुकाढिक, रातापानीमा सञ्चालन गरिएका निजी मेडिकलमा जाने गरेको स्थानीयहरू बताउँछन् । स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्रमा नबसेको भन्ने कुरा बुझेर तत्काल स्थानीयवासीलाई स्वास्थ्य सेवा प्रवामा सहजता ल्याइने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।