४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हात्ती दौडको तयारीसँगै सौराहा सिगारियो

हात्ती दौडको तयारीसँगै सौराहा सिगारियो
अ+ अ-

चितवन, ८ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा हुने चितवन हात्ती महोत्सव अन्तर्गतको दशौं अन्तर्राष्ट्रिय हात्ती दौडको तयारी सँगै सौराहा नगरीलाई सिगारिएको छ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस पारेर आयोजना गरिने प्रतियोगितामा स्वदेशी एवं विदेशी पर्यटकहरुलाई लक्षित गरि विभिन्न धोजा पतकाले, स्वागत गेट, रङरोगन र विशेष प्रकारले सौराहालाई सिंगारिएको हो ।
प्रतियोगिता हुने स्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौर सरसफाईदेखि होटल एवं रेष्टुराँको स्तर वृद्धिमा समेत यहाँका व्यवसायीहरु तल्लीन भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष नारायण भटराईले जानकारी दिए । दसौं हात्ती महोत्सव सुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रतियोगिताको सबै तयारी पुरा भएको महोत्सवका मुल समिति संयोजक ज्ञानेन्द्रकुमार विष्टले बताए ।

हात्ती दौड मनोरञ्जनात्मक खेल भए पनि चितवन क्षेत्रको पर्यटन प्रबद्र्धन र जंगली जनावरको संरक्षणमा हात्ती महोत्सवले सहयोग पु¥याउँदै आएको छ । महोत्सव चितवनका पर्यटन व्यवसायीहरुका लागि महत्वपूर्ण पर्व जस्तै बनेको छ । महोत्सवको मूख्य आकर्षण हात्ती दौड र हात्ती फुटबल हो । पुस ११ गते देखि शुरु हुने महोत्सव ५ दिनसम्म चल्नेछ ।