९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरचरे रोगबाट चौध पशु चौपाया मरे



अ+ अ-

दार्चुला, ९ पुस ।

दार्चुलाको ब्रह्मदेव–२ बोहरी गाउँमा एक सातादेखि देखिएको चरचरे रोगका कारण १४ पशु चौपाया मरेका र अन्य दर्जनाँै पशु चौपायामा रोगको सङ्क्रमण देखिएको छ । रोग नियन्त्रणका लागि जिल्लाबाट बोहरी गाउँमा पशु प्रविधिको टोली पठाइएको जिल्ला पशु सेवा कार्यालयको भानाइ छ । जिल्लाको लेकम क्षेत्रमा केही दिनदेखि नै खोरेत रोगको सङ्क्रमण देखिएको जिल्ला पशु सेवा कर्यालयका पशु चिकित्सक मनोजकुमार शाहीले बताउनुभयो ।

पर्याप्त स्रोतसाधन अभावका कारण जिल्लामा पशु चौपायामा देखिने रोगको नियन्त्रण हुन नसकेको पशु चिकित्सक शाहीले बताउनुभयो । हाल दार्चुला जिल्ला पशुसेवा कार्यालयसहित छवटा पशुसेवा केन्द्र र सातवटा पशु उपसेवा केन्द्र गरी १४ ठाउँबाट सेवा प्रदान गर्दै आएको छ ।