• १८ असार २०७९, शनिबार
  •      Sat Jul 2 2022
Logo
Latest
★   ओलीले मागे कृषिमन्त्रीको राजीनामा ★   राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान ★   चुइगम पड्काएरै सके नेपालीले ४१ करोड ★   निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामाः प्रधानमन्त्री देउवा ★   स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा ★   स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन ★   प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण ★   सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता ★   गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू ★   गाईघाटका पसल डुबानमा

चिसोले छोएन दुइ युवालाई



काठमाडौं, ९ पुस । समाज सेवाका सिलसिलामा अष्ट्रेलियाका दुइ जना युवाले माइनस २५ डिग्री तापक्रम भएको हिमालमा पर्वतारोहण गर्ने भएका छन् । छ हजार एक सय ८९ मिटर उचाइ रहेका एम्जात्से हिमालमा अष्ट्रेलियाका डनी रोबर्टर्स क्लार्क र डेभिड ग्रिचले पर्वतारोहणको तयारी गरेका हुन् ।
अनलाइन चौतारीसँगको कुराकानीमा डेभिडले प्रकृतिको सुन्दरता सँगसँगै समाज सेवाको क्रममा आफुहरु पर्वतारोहण गर्न लागेको बताए । भ्रमणको क्रममा उनीहरुले पोखरामा रहेको एक विद्यालयमा नयाँ भवन बनाउनका लागि ४० हजार डलर सहयोग समेत गर्ने भएका छन् ।

अष्ट्रेलियाका यी दुइ युवाहरु बिभिन्न च्यारीटीमा पनि सहभागी हुने गरेका थिए । त्यसबाट उठेको रकम उनीहरुले अनाथहरुलाई सहयोग गर्ने गरेका छन् ।
उनीहरुले यसअघि २०१२ मा सगरमाथाको आधारशिबिर पनि पुगेका थिए ।
हिमाल भ्रमण लगायत उनीहरुको ब्यवस्थापनको जिम्मेवारी हिमालयन एक्सपेरियन्स अष्ट्रेलियाले गरेको छ ।