४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बक्सिङमा सेना र सशस्त्र च्याम्पियन

बक्सिङमा सेना र सशस्त्र च्याम्पियन
अ+ अ-

काठमाडौं, १३ पुस – प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत द ब्रिटिस कलेज २५ औं पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुषमा नेपाली सेना र महिलामा एपीएफ क्लब शनिबार टिम च्याम्पियन बनेका छन् ।
सेनाले समान ३–३ स्वर्ण, रजत र कांस्य जित्यो । ३ स्वर्ण, उत्तिकै रजत र २ कांस्य जितेको एपीएफ दोश्रो भयो भने २ स्वर्ण र ३ रजतसाथ प्रहरी तेश्रो स्थानमा रह्यो ।
महिलामा टिम च्याम्पियन बनेको एपीएफले ४ स्वर्ण हात पा¥यो । २ स्वर्णसाथ प्रहरी दोश्रो र सेना १ स्वर्णसाथ तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मध्यमाञ्चलका मनोहर बस्नेत र महिलामा एपीएफकी माला राई उत्कृष्ट खेलाडी घोषित भए । दुवैले १०–१० हजार नगद पुरस्कार पाए । उक्त पुरस्कार नेपाल भूपु बक्सिङ टिमले प्रायोजना गरेको हो ।
टंक बुढा मगर वर्षको उत्कृष्ट बक्सिङ प्रशिक्षक घोषित भए । उनलाई अमर ज्योति फाउन्डेसनले २५ हजार र एडिडासले १० हजार नगद पुरस्कार प्रदान गरे । उनले बक्सिङ किट्स पनि पाए । उत्कृष्ट निर्णायक चुनिएवापत दिनकलाल श्रेष्ठलाई एडिडासले १० हजार नगदबाट पुरस्कृत ग¥यो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको महिलाको ४८–५१ केजीमा सेनाकी मिनु गुरुङले एपीएफकी माया चौधरी तथा ५७–६० केजीमा एपीएफकी सरस्वती राणाले सेनाकी निरु गुरुङलाई पराजित गरी पहिलो भए ।
पुरुषको ४६–४९ केजीमा एपीएफका विक्रम परियारले प्रहरीका निरन्जन श्रेष्ठ, ४९–५२ केजीमा एपीएफका लक्षुमन तामाङले सेनाका प्रेम चौधरी, ५२–५६ केजीमा प्रहरीका दिनेश श्रेष्ठले सेनाका नरेश देवान, ५६–६० केजीमा एपीएफका पूर्णबहादुर लामाले पूर्वाञ्चलका विराज राई, ६०–६४ केजीमा सेनाका दीपक श्रेष्ठले प्ररहीका भूपेन्द्र थापा, ६४–६९ केजीमा प्रहरीका रत्नबहादुर तामाङले एपीएफका विकास लामा, ६९–७५ केजीमा सेनाका उजर सिंह थापाले मध्यमाञ्चलका सोभित खत्री, ७५–८१ केजीमा मध्यमाञ्चलका दीपक महर्जनले सेनाका दिपेश लामा, ८१–९१ केजीमा मध्यमाञ्चलका मनोहर बस्नेतले एपीएफका मीनप्रकाश जोरा तथा ९१ केजीमाथि सेनाका श्याम खड्काले एपीएफका महेश केसीलाई हराउदै स्वर्ण हात पारे ।
विजेतालाई राखेप सदस्य–सचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरे । ५ दिने प्रतियोगितामा ५९ पुरुषले १० तथा २५ महिलाले ७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।