२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानालाई ‘प्रतिभा सम्मान’ र दिक्पाललाई ‘प्रतिभा पुरस्कार’



अ+ अ-

काठमाडौं, १४ पुस । 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्राज्ञ बँद रानालाई ‘प्रतिभा सम्मान’ तथा पत्रकार राकुमार दिक्पाललाई  ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । बेलायतमा बसोबास गर्ने नेपाली साहित्यकारले नेपाली भाषा तथा वाङ्मयको विकासका लागि प्रतिष्ठान स्थापना गरी सन २००८ देखि सम्मान तथा पुरस्कार दिँदै आएको हो । प्राज्ञ रानालाई गजल विधाको विकास गरेकामा सम्मानस्वरुप रु २० हजार तथा सम्मानपत्र र पत्रकार दिक्पाललाई कथा विधा तथा पत्रकारिताको श्रीवृद्धिमा योगदान गरेबापत रु एक लाख तथा सम्मानपत्र दिइएको हो ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति वैरागी काइँलाले रोजीरोटीका लागि काम विशेषले विदेसिएका नेपाली लाहुरेहरूले नेपाली भाषा तथा साहित्यको समृद्धिका लागि खेलेको भूमिका उल्लेखनीय रहेको चर्चा गर्नुभयो । प्राज्ञहरू विष्णु प्रभात र डा तुलसीप्रसाद भट्टराईले प्रतिष्ठानले योग्य तथा प्रतिभाशाली स्रष्टाको छनोट गरेकामा प्रशंसा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले बेलायतमा नेपाली भाषालाई पठनपाठन गराउनका लागि पहल भइरहेको जानकारी दिँदै नेपाली माटोप्रतिको भावनाले नेपाली कला, साहित्य तथा संस्कृतिको विकासका लागि संस्था क्रियाशील रहेको बताउनुभयो । प्रतिष्ठानका नेपाल संयोजक शशी लुमुम्बुले नेपाली विश्वको कुनै ठाउँमा रहे पनि नेपाल र नेपालीको समृद्धिका लागि क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो ।