९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मादनकुँडारीमा बृहत् स्वास्थ्य शिविर



अ+ अ-

 

काभ्रे , १४ पुस ।

श्रीस्वस्थानी माध्यमिक विद्यालय मादनकुँडारी, वासुदेवप्रसाद जोशी प्रतिष्ठान भक्तपुर, नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, शिवशक्ति सेवा समाज बानेश्वर र पिन नेपाल कालीमाटीको संयुक्त आयोजनामा काभ्रेको मादनकुँडारीमा दुईदिने स्वास्थ्य शिविर सुरु भएको छ । काभ्रे जिल्लाको कोसी पूर्वस्थित अति विकट स्थान मादनकुँडारी गाविस–२ स्थित श्री स्वस्थानी माविको प्राङ्गणमा भएको उक्त शिविरमा आँखा, स्त्री, बालरोग, हाडजोर्नी, क्षयरोग तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा तीनवर्षे बालबालिकादेखि ८६ वर्षसम्मका स्थानीय व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । आयोजक संस्था वासुदेव स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मणशरण जोशीले शिविरमा आएका बिरामीका लागि आवश्यक औषधि तथा चश्मासमेत निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा काभ्रे जिल्लाका फलाँटे, कोलाती, कात्तिकेदेउराली, गोठपानी, माझीफेदा, पोखरी चौरी, धुसेनी शिवालय, मादन कुँडारी, ठूलो पर्सेल, पोखरीनारायणस्थान, मेच्छे चापाखोरी, सस्र्यूखर्क गाविस तथा रामेछाप जिल्लाका बेथान गाविस, गुन्सी भदौरे, लखनपुर रिस्ठ्ठेलगायत गाविसका बासिन्दा सहभागी भएको स्वस्थानी माविका प्रधानाध्यापक आशाराम लामाले जानकारी दिए ।

विकट ठाउँ भएका कारण अस्पताल तथा स्वास्थ्य चौकीको अभावले गर्दा निःशुल्क स्वास्थ्य शिविरले यहाँका बासिन्दालाई ठूलो राहत मिलेको स्वस्थानी मावि भवन निर्माण कमिटीका संयोजक नमस्कार लामाले खुसी साथ व्यक्त गर्नुहुन्छ । दुईदिने शिविरको पहिलो दिन नै करिब ६०० जनाको स्वास्थ्य परीक्षण भइसकेको र आइतबारसम्ममा करिब एक हजार पुग्ने अनुमान गरिएको छ । यहाँका अधिकांश जनताको एउटै आवाज छ यस क्षेत्रमा एउटा अस्पताल आवश्यक छ, तर सम्बन्धित निकाय र सरकारको ध्यान जान सकिरहेको छैन र यहाँका जनताको आर्थिक अवस्थाले अस्पताल खोल्न सक्ने अवस्था देखिँदैन ।  रामेछाप जिल्लाको सिमानामा पर्ने मादनकुँडारी गाविस बनेपादेखि करिब ६३ किलोमिटर पूर्वमा रहेको छ ।