• २० मंसिर २०७९, मंगलवार
  •      Tue Dec 6 2022
Logo
Latest
★   गाडी ,मोटरसाइकल, मोबाइल, मदिरा को आयात खुल्ला ★   प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने ★   राष्ट्रिय दल बन्न नेकपा एसलाई साढे १८ हजार मत पुगेन ★   महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’ ★   रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट ★   चिया पनि ‘चक्लेटी’ स्वादमा ★   राम्रो कामका लागि गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्दछः महासचिव भुसाल ★   वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु ★   विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित ★   वाग्मती किनारका सुकुम्बासी भन्छन्– ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

विश्व चर्चित खेलाडी सुमाकार अस्पतालमा



काठमाडौं, १५ पुस । विश्व चर्चित खेलाडी माईकल सुमाकर स्कीईङ गर्नेक्रममा दुर्घटनामा परि गम्भिर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ । आफ्नो छोरासँग फ्रान्सको एल्प्स पहाडमा स्कीईङ गर्ने क्रममा दुर्घटनामा परेका सुमाकरको दिमागमा गम्भीर चोट लागेको जनाइएको छ ।

चोटपश्चात सुमाकरको दिमागको अपरेशन सम्पन्न भईसकेको छ । स्कीईङका क्रममा उनले हेलमेट लगाएको भएपनि उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

सुमाकरको तत्काल टाउकोको शल्यक्रिया गरिएपनि अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताईएको छ । सुमाकर फर्मुला वान कार रेसिङका सर्वाधिक सफल खेलाडी हुन् । जमर्नीका प्रशिद्ध खेलाडी सुमाकर अगामी जनवरी ३ मा ४५ वर्ष पुग्दैछन् । फर्मुला वान प्रतियोगिताबाट उनले सन् २००६ मा अवकाश लिएका थिए ।