• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

राष्ट्रिय हक्की प्रतियोगिता आजदेखि



हेटौंडा, १५ पुस । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल हक्की संघको आयोजनामा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ११ औं राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सोमवारदेखि हेटौंडाको हुप्रचौरमा शुरु हुँदैछ ।

च्याम्पियनसिप अन्तर्गत हुन लागेको यो दोश्रो प्रतियोगिता हो । यसअघि च्यम्पियनसिपअन्तर्गत राष्ट्रिय बक्सिङ प्रतियोगिता शनिबार सम्पन्न भइसकेको छ । प्रतियोगितामा ५ विकास क्षेत्र र नेपाली सेना गरी ६ टिमको सहभागिता रहने हक्कीका मुख्य प्रशिक्षक बाबुराम नेपालले जानकारी दिएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजना गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । पहिलो दिन सोमवार आर्मी र मध्यमाञ्चल तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलबीच खेल हुनेछ ।