• २३ असार २०७९, बिहीबार
  •      Thu Jul 7 2022
Logo
Latest
★   ‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’ ★   कमल थापाको राप्रपा नेपालका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष, महासचिव नै लिङ्देनको राप्रपामा ★   माओवादी केन्द्रीय समिति बैठक: एमसीसीबारे चुनावपछि बहस ★   माओवादीले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने ★   अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक पनि सुरक्षाको दायरामा ★   वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ ★   संसद् शून्य समय: कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग ★   बुढीगंगा निर्वाचन: मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर ★   राष्ट्रियसभामा दुई विधेयक पेश ★   सडकमा पानीको दह !

पानी जहाजभित्र लोकदोहोरी घन्किने



सिड्नी, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा पानी जहाजभित्र लोकदोहोरी घन्किने भएको छ । नेपालका सडक बालबालिकालाई सहयोग गर्न अष्ट्रेलियाको सिड्नीमा हुने क्रुज पार्टीमा लोक तथा दोहोरी गित घन्किने भएको हो ।
नेपाल अष्ट्रेलियन युथ एसोसिएसन (नयाँ) को आयोजनामा नेप्लीज क्रुज पार्टी २०१४ मा त्यसका साथै अरु विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आगामी जनवरीको १८ तारिखमा हुने क्रुज पार्टीमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै बच्चाका विभिन्न क्रियाकलापहरु पनि प्रस्तुत गरिने भएको छ ।
कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका सडक बालबालिकाको हितमा खर्च गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि पाँच बर्ष देखि १५ बर्ष सम्मका बालबालिकाको लागि ३० डलर र त्यस भन्दा बढि उमेरका लागि ६० डलर तोकिएको छ ।
पाँच बर्ष मुनिका बालबालिकाको लागि भने निशुल्क ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।