११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा गुल्मेलीहरु एकजुट हुँदै (फोटो फिचर सहित)



अ+ अ-

सिड्नी । नेपालको गुल्मीबाट अष्ट्रेलिया पुगेका नेपालीहरुले अष्ट्रेलियाको सिड्नीमा बिबिक्यू कार्यक्रमको आयोजना गरेका छन् । गुल्मी समाज अष्ट्रेलियाले सिड्नीको एनएसडब्ली टेम्पी (केन्ड्रिक) पार्कमा कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा गुल्मीबाट अष्ट्रेलिया पुगेका एक सय ५० जना भन्दा बढिको सहभागी भएको थियो ।
कार्यक्रममा बालबालिकाहरुका लागि हाजिरीजवाफ प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाल र अष्ट्रेलियाको बारेमा बालबालिकालाई प्रश्न सोधिएको थियो ।
कार्यक्रममा गुल्मीबाट अष्ट्रेलिया पुगेकाहरुले आगामी योजनाका बारेमा पनि छलफल गरेका थिए । कार्यक्रममा नेपालको गुल्मीमा रहेकाहरु असहायहरुका साथै विभिन्न विकासका योजनामा सग्दो सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ ।