३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

पर्थमा नेपाल फेस्टिबल सम्पन्न

पर्थमा नेपाल फेस्टिबल सम्पन्न
अ+ अ-

पर्थ । अष्ट्रेलियाको पर्थमा ‘नेपाल फेस्टिबल पर्थ २०१४’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार पर्थमा रहेको फरेष्ट प्लेसमा नेपाल फेस्टिबलको आयोजना गरिएको हो ।
एनआरएन अष्ट्रेलियाको आयोजनामा भएको फेस्टिबलमा नेपाली खाना, शैक्षिक परामर्श, नेपाली पर्यटन प्रबद्र्वन लगायतका नेपाली व्यवसायको प्रबद्र्वन हुने खालका स्टलहरु राखिएको थियो ।
फेस्टिबलमा पश्चिम अष्ट्रेलिया सरकारका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समिति तथा राष्ट्रिय समन्वय समितिका प्रतिनिधिका साथै नेपाली समुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परम्परागत नेपाली नृत्य, नेपाली गीत संगीत लगायत नेपाली कला र संस्कृति झल्किने विभिन्न प्रस्तुती देखाइएको थियो ।
पश्चिम अष्ट्रेलिया पर्थमा पहिलो पटक गरिएको महोत्सवको १० औं हजारले अवलोकन गरेका छन् ।
यसअघि सिड्नी, मेलवर्न लगायतका अष्ट्रेलियाका अरु सहरहरुमा गरिएको महोत्सव अहिले पश्चिम अष्ट्रेलियामा पनि गरिएको हो ।
पश्चिम अष्ट्रेलियामा ३० वर्ष अघि देखि नै नेपाली समुदायको उपस्थिति भएपनि सन् २००८ देखि नेपालीहरुको जनसंख्या ह्वात्तै बढेको छ । करिब छ हजार नेपालीहरुको बसोबास रहेको यस क्षेत्रमा बहु सांस्कृतिक समाजको हिस्सा बनाउने काम सन् २००५ देखि नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) ले गरिरहेको छ ।
नेपालीहरुको नयाँ वर्ष, बडा दशैं, तिहार बुद्व जयन्ती लगायतका धार्मिक एवम् सांस्कृतिक अवसरहरुमा यहाँ विभिन्न कार्यक्रम हुने गरेका छन् ।