४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अष्ट्रेलियामा टेरिया मगरको भव्य प्रतीक्षा

अष्ट्रेलियामा टेरिया मगरको भव्य प्रतीक्षा
अ+ अ-

सिड्नी । आगामी अगस्त तीन तारीखमा सिड्नीको मराना अडिटोरियम भव्य रुपमा व्यस्त हुँदैछ । त्यो दिन नेपालका ख्यातीप्राप्त कलाकार सिड्नीबासीसँग आफ्नो कला प्रस्तुत गर्न आइपुग्दैछन् । हास्यव्यङ्ग विधाका जितु नेपाल ‘मुन्द्रे’ र नेपाली लोक गायक रामजी खाँडले त्यहाँ हँसाउने र नचाउने मात्रै छैनन्, भारतमा समेत ख्यातीप्राप्त नेपालकी ११ वर्षकी बाल कलाकार टेरिया मगरले आफ्नो विलक्षण बाल प्रतीभा त्यहाँ प्रस्तुत गर्नेछिन् ।
तेरिया मगर नेपालको रुपन्देही जिल्लाको निम्न वर्गकी बालिका हुन् । उनी यो वर्षको डान्स इन्डिया डान्स मास्टर्स उपाधी विजेता नेपाली बालिका हुन् । भारतको प्रख्यात जिटिभीद्वारा आयोजित उक्त कार्यक्रममा भाग लिएकी टेरिया मगरले भारतका हजारौं बालबालिकालाई आफ्नो नृत्यद्वारा जितेकी थिइन् ।
उनलाई विजयी बनाउन विश्वभरी छरिएका नेपाली भाषीहरुले अनलाईनबाट मतदान गरेका थिए । उनलाई विजयी बनाउन विश्वभरी नै अनलाईन अभियान चलेको थियो । अनलाईन चौतारीसँग कुरा गर्दै टेरियाले भनिन् – ‘म विश्वभरी रहेका नेपाली दाजुभाई दिदी बहिनीहरु बीच पुग्नुपर्छ । त्यसै अनुसार आगामी अगस्त तीनमा सिड्नी जाँदैछु ।’
अष्ट्रेलियामा उक्त कार्यक्रमको आयोजक संस्था कनेक्ट नेपालका अध्यक्ष प्रवीन कँडेलका अनुसार टेरियाको भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ । टेरिया मगरलाई अष्ट्रेलियामा लुम्बिनी कपिलवस्तु अभियान अष्ट्रेलिया नेपाल पब्लीक लिङ्क, एनआरएन लगायत संस्थाहरुले सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
अष्ट्रेलिया भ्रमणका लागि जिटिभी इन्डियाले टेरियालाई अनुमति दिएको छ । जिटीभी व्यवस्थापनले अनलाईन चौतारीलाई भन्यो– ‘टेरिया मगरको सम्मान तथा उनको प्रस्तुती हुने कार्यक्रममा हामी आफै र टेरियाकी आमा अनिता पनि सँगै जाँदैछौं ।’ जिटीभी व्यवस्थापनले  टेरिया मगरलाई अष्ट्रेलिया भ्रमणका लागि तयारी गर्ने सिड्नीस्थित नेपाली समुदायलाई धन्यवाद पनि  दिएको छ ।
टेरिया मगरकी आमा अनिता फौजामगरले पनि आफुले अगस्त ३ मा सिड्नीमा हुने ‘टेरिया साँझ’ कार्यक्रमको निम्तो मान्न जान लागेको बताईन् ।