३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

नेपालमा सहयोग गर्न अष्ट्रेलियामा जन्मियो ‘नाय्फा’

नेपालमा सहयोग गर्न अष्ट्रेलियामा जन्मियो ‘नाय्फा’
अ+ अ-

सिड्नी। अष्ट्रेलियामा छरिएर रहेका नेपाली युवाहरुको प्रतिभा प्रवर्द्दन र नेपाललाई सहयोग गर्न अष्ट्रेलियामा युवा समुह गठन गरिएको छ ।
अस्ट्रेलियामा विभिन्न विधामा सकृय युवाहरूको प्रतिभालाई उकास्ने तथा नेपालमा उनिहरूको सीप, श्रम तथा अन्य सहयोग पुर्याउने उद्देश्यले नेपाली युथ फोरम अस्ट्रेलिया‘ ‘नाय्फा’ को शुभारम्भ गरिएको हो । विभिन्न पेशा व्यवसायमा रहेकाहरु सबै जाति, वर्ग र विचारका युवाहरु मिलेर विश्व जगतवाट नेपाललाई सहयोग पुर्याउन यो संस्थाको शुरुवात गरिएको संस्थाले जनाएको छ ।
एक कार्यक्रमका बीचच न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले सिड्नीको एशफिल्ड पार्कमा ‘नाफा’ को शुभारम्भ गरे । कार्यक्रममा उनले युवाहरु बीच फुट्ने हैन जुट्ने अभियान सन्चालन गरिएकोमा सबैलाई बधाई दिए ।
प्रवासमा रहेका नेपाली युवाहरु बीच थुप्रै प्रतीभा रहेको भन्दै उनले एकताको अभावका कारण उल्लेखित उपलब्धि हासिल हुन नसकेको औंल्याए ।
सो अवसरमा उपस्थित बक्ताहरूले नेपाली जनशक्ति राजनीति, जातजाति वा कुनैपनि विषयले संस्थामा मत विभाजन हुन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा गैरआवसिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष महेन्द्र वोली, एनआरएन केन्द्रिय कार्यसमितिका तर्फबाट रन्जु थापा, बिष्णु हमाल लगायतको सहभागिता रहेको थियो ।
उनीहरुले नेपाललाई अव बोलेर हैन कामले सहयोग गर्ने बेला आएको भन्दै सबै भेदभाव विर्सेर नेपाली हुँ भन्ने पहिचानका साथ एएकताबद्व रुपमा सहयोगका हात बढाउन आग्रह गरेका थिए ।
अष्ट्रेलियामा रहेका युवाहरुको प्रतीभा स्वदेशका लागि उपयोगी बनाउन विदेशमा युवा जागरण अभियान थालीएको आयोजक संस्थाले जनाएको छ ।
भरत देबकोटाको संयोजकत्वमा रहेको संस्थाका कार्यकारी समितिमा हाल १९ जना रहेको र यसलाई अझ विस्तार गर्दै विभिन्न स्टेट र विश्वका अन्य भाग सम्म पुर्याउने लक्ष्य रहेको बताइएको छ ।