१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाली समाज सिड्नीमा बनभोज गर्ने



अ+ अ-

सिड्नी । झापाली समाज अष्ट्रेलियाले सिड्नीमा बनभोज कार्यक्रम गर्ने भएको छ ।संस्थाका कोषाध्यक्ष अशोक ओलीका अनुसार अगष्ट २४ आइतबारका दिन एसफिल्डपार्कमा दिउँसो १बजे देखि ५ बजेसम्म बनभोज कार्यक्रम गरिनेछ । कार्यक्रममा संस्थाको सदस्यता नविकरण लगायत परोपकारी तथा झापा जिल्लाका लागि सेवामुखी कार्यक्रमहरुको बारे छलफल गरिने तयारी रहेको जानकारी गराइएको छ ।
१७ महिना अघि स्थापना भएको यस संस्थाले हाल सम्म झापाको कन्काइमाई नदिमा आर्यघाट निर्माणको लागि ५ लाख भन्दा बढी आर्थिक सहयोग, एसएलसीमा बोर्डफस्ट भएका झापाका विद्यार्थीलाई नगद तथा सम्मान, झापाका अग्रज नेताहरु, उद्यमी तथा नागरिक समाजका ब्यक्तिहरुसग झापामा अन्तर्कृया, सिड्नीमा रक्तदान कार्यक्रम लगायतका कार्य सम्पन्न गरिसकेको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।संस्थाले अष्ट्रेलियामा रहेका झापालीहरुविच आपसी सदभाव कायम गर्न र आफ्नो जन्मभुमिका लागि पनि केही गरौ भन्ने पवित्र उद्धेस्यका साथ बनभोज कार्यक्रम गर्न लागिएको जनाइएको छ । संस्थाले सबै सिड्नीमा बसोवास गर्ने झापालीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा समेत गरेको छ ।