१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा गजल मशायरा हुने



अ+ अ-

सिड्नी । नेपाली वाङ्ग्मयमा लोकपृय बन्दै गएको गजल प्रवासको नेपाली समाजमा पनि लोकपृय बन्दै गएको भन्दै सिड्नीमा गजल मशायरा कार्यक्रमको आयोजना गरिएको छ । प्रवासमा गजल विधाको उत्थान तथा प्रवर्धन गर्ने उदेश्यका साथ सिड्नीमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले गजल कार्यक्रम गर्न लागेको हो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को साथमा हुने सम्पूर्ण गजल कार्यक्रम ूगजल मुशायराूमा सहभागी हुन आयोजकले सिड्नीमा रहेका नेपालीहरुलाई आह्वान गरेको छ ।
यहि अगस्ट २४, २०१४ आइतबारको दिन आयोजना गरिने कार्यक्रममा सिड्नीमा रहेका दश जना गजलकारहरुको गजल वाचनका साथै गजल गायन एवं नृत्य पनि प्रस्तुत गरिने छ ।
साहित्य तथा संगीतको अनुपम संयोजन रहने उक्त गजलमय मनोरन्जनात्मक कार्यक्रममा अनौपचारिक रहने र कुनै औपचारिकताहरु समावेश नगरिएको आयोजकले जनाएको छ ।
एस्फिल्ड क्याथोलिक क्लबमा दिउसो एक बजे हुने कार्यक्रममा प्रवेश ूनिशुल्कू रहेको कार्यक्रममा उपस्थिती भई सर्जकहरुको हौसला बढाउन आयोजकले आग्रह गरेको छ ।