• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

अष्ट्रेलियामा पनि ठूलीलाई सफलता



यहि शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएको नेपाली कथानाक चलचित्र ठूली अष्ट्रेलियामा भब्य प्रदर्शन भएको छ । सिड्नीको हर्सभिल स्थीत सिभिक थिएटरमा आइतबार साँझ प्रदर्शन भएको यो चलचित्र हेर्न सिड्नीमा भएका नेपालीहरुको भब्य उपस्थीति थियो । सिड्नीमा दर्शकको राम्रो साथ पाएको यो चलचित्रले नेपालमा पनि राम्रो कलेक्शन गरिरहेको छ । चलचित्रले शनिबार काठमाडौंका अधिकाँश हलहरुमा शतप्रतिशत अकुपेन्ची कायम गरेको थियो । अष्ट्रेलियामा प्रदर्शनको जिम्मा लिएको डायनामिक मिडियाले अष्ट्रेलियाका अन्य शहरशरुमा पनि प्रदर्शनी गर्ने बताएको छ ।

पुष्कर पन्तले निर्माण गरेको यो चलचित्रमा गरिमा पन्त, जिवन लुईटेलको मुख्य भूमिका रहेको छ । एभरेष्ट सूर्य बोहोरा चलचित्रका निर्देशक हुन् । नारी संम्बेदनामा आधारित यो चलचित्रका गीतहरु प्रदर्शन अगाबै चर्चित भएका थिए ।