काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीलंकामा भइरहेको एसिया क्रिकेट २०२३ प्रतियोगितामा सहभागी नेपाली टिमलाई हौसला बढाउन त्यहाँ पुग्नुभएको छ ।
उहाँले नेपाली टिमलाई शुभकामना दिँदै एउटा जेनेरसेन कुरेर हामीले यस्तो दिन पाएका छौँ भन्दै नेपाली खेलाडी र सम्पूर्ण व्यवस्थापन पक्षलाई धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई गर्व गर्ने क्षणमा तपाईंहरुले ल्याइदिनुभएको छ, सिंगो देशले तपाईंलाई हेरेर बसेको छ, हामी पनि तपाईंहरुलाई समर्थन गर्नका लागि यहाँ आएका छौँ, विस यु अल द बेस्ट, विस यु अन्ली द बेस्ट ।”