१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खुट्टे नाचका लागि रोमा सिड्नीमा



अ+ अ-

सिड्नी । आफ्नो एक मात्र खुट्टाले बेजोड नृत्य गर्न सिपालु रोमा न्यौपाने सिड्नीमा पुगेकी छिन् । एक खुट्टाले अपत्यारिलो नाच नाच्न सिपालु रोमाले अष्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरुमाझा आफ्नो कला प्रस्तुत गर्ने भएकी छिन् । दृढ ईच्छा शक्ति, संकल्प, आँट र अठोट भएकी रोमाको नृत्य हेर्न त्यहाँ रहेका नेपालीहरु उत्सुक बनेका छन् ।
आफ्नो नृत्य मार्फत धेरैको मन जितेकी रोमाले आइतबार अर्थात् अगस्त ३१ तारिखमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । कार्यक्रम पोलिश कल्ब एसफिल्डमा साँझ ५:३० बजे हुने बताइएको छ ।
कार्यक्रममा उनले आफ्नो सम्मानमा त्यहाँ उपस्थित हुने नेपालीहरुसँग भेटघाट गर्दै आफ्ना जिन्दगिका उतार चढाब पनि प्रस्तुत गर्नेछिन् ।
तीजको समयमा अष्ट्रेलियाको सिड्नी पुगेकी नेपाली चेली रमाको कला हेर्न त्यहाँ रहेका नेपालीहरु उत्सुक रहेको बताइएको छ ।
यस्तै, बहु प्रतिक्षित बाग्लुंग अस्ट्रेलियन कम्युनिटिको आयोजना सञ्चालन भैरहेको भलिबल प्रतियोगिताको फाइनल खेल पनि सोही दिन राखिएको छ ।