१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदको साथमा अस्ट्रेलियामा तीज मनाइयो



अ+ अ-

आर्मिडेल, भदौ १४ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत आर्मिडेल सहरमा रहेका नेपालीले त्यहाँका सांसदसँगै तीज मनाएका छन् । त्यहाँ रहेका नेपालीहरुको अगुवाइमा भएको सामूहिक तीज कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रका सांसद अड्याम मार्शल र स्थानीय पत्रपत्रिकाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद मार्शलले नेपाली समुदायको संस्कृति सर्म्वर्द्धन गर्न आफू सदैव तयार रहेको बताए । उनले अस्ट्रेलिया सरकार पनि बहुसांस्कृतिक मूल्य मान्यताको पक्षमा रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाली नारीहरूका तर्फबाट डिना राईले अतिथिहरूलाई तीजको महत्वबारे प्रकाश पारिन । केशव तिम्सिनाले आर्मिडेलमा नेपाली समुदायको इतिहास र वर्तमानबारे चर्चा गरेका थिए ।
न्यू इंग्ल्याण्ड विश्वविद्यालय रहेको सेरोफेरोमा रहेको आर्मिडेलमा नेपाली विद्यार्थीको चाप अहिले हृवात्तै बढेको छ । नेपालीहरुको बढ्दो जनसंख्या, तिनका समस्या, अवसर र सांस्कृतिक आवश्यकतालाई मध्यनजर गर्दै अहिले नेपालीहरू आर्मिडेलमा औपचारिक संस्था दर्ताको पहलमा समेत लागेका छन् ।