• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो ★   महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे ★   डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री ★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

भावुक हुँदै शेष घलेले भने– ‘हामी पहिलो पुस्तालाई नेपालको निकै माया छ’



सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले आफुहरुले सम्मुन्नत नेपाल बनाउन चाहेको बताएका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा जारी नेपाल फेष्टिबललाई सम्बोधन गर्दै उनले अहिलेको पुस्तालाई नेपालको धेरै माया भएको बताए । उनले सरकारबाट गैर आवासीय नेपालीको सुविधा बढाउन ध्यान दिइएमा आफुहरु लगानी बढाउन इच्छुक रहेको बताए ।
अध्यक्ष घलेले मातृभूमि नेपालका लागि आफुहरुले केही गर्न चाहेको भन्दै त्यसका लागि नेपालमा वातावरण बन्नुपर्नेमा जोड दिए ।

अष्ट्रेलियाका नेपाली राजदुत रुद्रकुमार नेपालले अहिले हिमालयको देश नेपालबाट नेपालीहरु धेरै टाढा रहेपनि अष्ट्रेलियामा सानो नेपाल बनेको बताए । उनले अष्ट्रेलियाको बहुसंस्कृति भएको देशमा नेपाली आएर बसेकोमा खुशी लागेको भन्दै यस्ता कार्यक्रमबाट नेपाललाई निकै ठूलो फाइदा पुगेको बताए ।
नेपालमा लोकतान्त्रिक संविधान बन्ने क्रममा रहेको भन्दै उनले अब नेपाल संबृद्व बन्ने दिशामा अघि बढेको बताए ।
राजदुत नेपालले पाँच दशकदेखि नेपाल र अष्ट्रेलियाको सम्बन्ध सुमधुर बन्दै गएको भन्दै अब अझै प्रगाड हुँदै जाने विश्वास व्यक्त गरे । उनले महोत्सवको अवलोकन गरेर नेपाल आउन अष्ट्रेलियाबासीलाई आग्रह गरे ।
गौतम बुद्वको देश, सगरमाथाको देश नेपालमा आउन उनले अष्ट्रेलियाबासीलाई आग्रह गरे ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सिनेटर मेनिस फ्रेङकले अष्ट्रेलियाको प्रधानमन्त्रीको तर्फबाट नेपालीहरुले गरेको नेपाल महोत्सवलाई धन्यवाद ज्ञापन गरिन् । अष्ट्रेलियामा आएर नेपालीहरुले यहाँको संस्कृतिका बारेमा जानकारी गराउन भूमिका खेलेकोमा बधाई दिइन् । यस्तै, यस्तै, विपक्षी लेबर पार्टीका नेता जोन रोबर्डसनले नेपाली संस्कृतिका कारण यस्ता कार्यक्रमबाट अष्ट्रेलियाको बहुसंस्कृति बनाउन सहयोग मिलेको भन्दै प्रशंसा गरे ।

औपचारिक कार्यक्रमको समापन मन्तव्य दिदै गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले खराब मौसमका बाबजुद भएको सहभागिताको सम्मान गरे । उनले नेपाली संस्कृति र एकताको लागि यो कोशेढुङ्गा सावित हुने बताए । अध्यक्ष ओलीले नेपाल फेष्टिबलको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।