३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

भावुक हुँदै शेष घलेले भने– ‘हामी पहिलो पुस्तालाई नेपालको निकै माया छ’

भावुक हुँदै शेष घलेले भने– ‘हामी पहिलो पुस्तालाई नेपालको निकै माया छ’
अ+ अ-

सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले आफुहरुले सम्मुन्नत नेपाल बनाउन चाहेको बताएका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा जारी नेपाल फेष्टिबललाई सम्बोधन गर्दै उनले अहिलेको पुस्तालाई नेपालको धेरै माया भएको बताए । उनले सरकारबाट गैर आवासीय नेपालीको सुविधा बढाउन ध्यान दिइएमा आफुहरु लगानी बढाउन इच्छुक रहेको बताए ।
अध्यक्ष घलेले मातृभूमि नेपालका लागि आफुहरुले केही गर्न चाहेको भन्दै त्यसका लागि नेपालमा वातावरण बन्नुपर्नेमा जोड दिए ।

अष्ट्रेलियाका नेपाली राजदुत रुद्रकुमार नेपालले अहिले हिमालयको देश नेपालबाट नेपालीहरु धेरै टाढा रहेपनि अष्ट्रेलियामा सानो नेपाल बनेको बताए । उनले अष्ट्रेलियाको बहुसंस्कृति भएको देशमा नेपाली आएर बसेकोमा खुशी लागेको भन्दै यस्ता कार्यक्रमबाट नेपाललाई निकै ठूलो फाइदा पुगेको बताए ।
नेपालमा लोकतान्त्रिक संविधान बन्ने क्रममा रहेको भन्दै उनले अब नेपाल संबृद्व बन्ने दिशामा अघि बढेको बताए ।
राजदुत नेपालले पाँच दशकदेखि नेपाल र अष्ट्रेलियाको सम्बन्ध सुमधुर बन्दै गएको भन्दै अब अझै प्रगाड हुँदै जाने विश्वास व्यक्त गरे । उनले महोत्सवको अवलोकन गरेर नेपाल आउन अष्ट्रेलियाबासीलाई आग्रह गरे ।
गौतम बुद्वको देश, सगरमाथाको देश नेपालमा आउन उनले अष्ट्रेलियाबासीलाई आग्रह गरे ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सिनेटर मेनिस फ्रेङकले अष्ट्रेलियाको प्रधानमन्त्रीको तर्फबाट नेपालीहरुले गरेको नेपाल महोत्सवलाई धन्यवाद ज्ञापन गरिन् । अष्ट्रेलियामा आएर नेपालीहरुले यहाँको संस्कृतिका बारेमा जानकारी गराउन भूमिका खेलेकोमा बधाई दिइन् । यस्तै, यस्तै, विपक्षी लेबर पार्टीका नेता जोन रोबर्डसनले नेपाली संस्कृतिका कारण यस्ता कार्यक्रमबाट अष्ट्रेलियाको बहुसंस्कृति बनाउन सहयोग मिलेको भन्दै प्रशंसा गरे ।

औपचारिक कार्यक्रमको समापन मन्तव्य दिदै गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले खराब मौसमका बाबजुद भएको सहभागिताको सम्मान गरे । उनले नेपाली संस्कृति र एकताको लागि यो कोशेढुङ्गा सावित हुने बताए । अध्यक्ष ओलीले नेपाल फेष्टिबलको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।