३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

सिड्नीमा बन्यो सानो नेपाल (फोटो फिचर)

सिड्नीमा बन्यो सानो नेपाल (फोटो फिचर)
अ+ अ-

सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको आयोजनामा सिड्नीमा भएको नेपाल फेष्टिबलले यहाँ एउटा नेपाल बनेजस्तै भएको छ ।
नेपाल फेष्टिबलमा देखिएको नेपाली संस्कृति र नेपाली समुदायको उपस्थितिले यहाँ नै एउटा नेपाल बनेजस्तो महसुश भएको थियो ।
हजारौं दर्शकहरुको उपस्थितिमा नेपालको कला, संस्कृति र परम्परा झल्कने सबै खालका नृत्यहरु र नेपाली समुदायको उपस्थितिले सिड्नीमै नेपाल पुगेजस्तो अनुभव भएको हो ।
नेपाली शैलीको कलात्मक प्रबेशद्वारबाट प्रबेश गरेपछि देखिने नेपाली संस्कृतिले धेरैलाई नेपाल पुगेको अनुभव भएको थियो । नेपाल फेष्टिबल हेर्न धेरै टाढा टाढा बाट आएकाहरुको खचाखच उपस्थिति नेपाल फेष्टिबलमा देखिन्थ्यो ।
नेपाली स्वादका खाना रहेका दश वटा स्टल बाहेक नेपाली हस्तकला तथा नेपाली संस्कृति झल्किने अरु २४ वटा गरी ३४ वटा स्टलहरुमा दर्शकहरुको घुइचो लागेको थियो । नेपाल फेष्टिबल मार्फत नेपालको पर्यटन प्रबर्दन गर्ने समेत लक्ष्य राखिएको नेपाल फेष्टिबलमा आएका अष्ट्रेलियन तथा अन्य देशका नागरिकहरु साँच्चै नै पर्यटक जस्ता देखिन्थे ।
उनीहरुले फेष्टिबलमा उपस्थित भएर नेपालको कला, संस्कृति रहनसहन अवलोकन गर्नुका साथै नेपाली खानाको स्वाद लिदै नेपालबारे चासो राखेका थिए ।
महोत्सव स्थल सिड्नीको डार्लिङ हार्वरमा दिउसो वर्षा भएपनि त्यसको प्रवाह नगरी दर्शकहरु ओइरिएका थिए । यस्तै रातीसम्म पनि दर्शकहरुको उपस्थिति रहेको थियो ।
नेपाली स्टलहरु अवलोकनका साथै सांस्कृतिक कार्यक्रमले महोत्सवलाई रौनक बनाएको थियो । छोटो समय औपचारिक कार्यक्रम पनि राखिएको महोत्सवलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले आफुहरुलाई देशको निकै माया रहेको भन्दै नेपाललाई सम्मुन्नत बनाउने गैर आवासीय नेपालीहरुको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । उनले सरकारबाट गैर आवासीय नेपालीको सुविधा बढाउन ध्यान दिइएमा आफुहरु लगानी बढाउन इच्छुक रहेको जानकारी पनि दिए । औपचारिक कार्यक्रममा अष्ट्रेलियाका नेपाली राजदुत रुद्रकुमार नेपालले अहिले हिमालयको देश नेपालबाट नेपालीहरु धेरै टाढा रहेपनि अष्ट्रेलियामा सानो नेपाल बनेको बताए । उनले अष्ट्रेलियाको बहुसंस्कृति भएको देशमा नेपाली आएर बसेकोमा खुशी लागेको भन्दै यस्ता कार्यक्रमबाट नेपाललाई निकै ठूलो फाइदा पुगेको बताए ।
सिड्नीमा भएको नेपाल महोत्सवलाई यहाँको सरकार र दलहरुले पनि निकै महत्व दिएका थिए । औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सिनेटर मेनिस फ्रेङकले अष्ट्रेलियाको प्रधानमन्त्रीको तर्फबाट नेपालीहरुले गरेको नेपाल महोत्सवलाई धन्यवाद ज्ञापन गरिन् । उनले अष्ट्रेलियामा आएर नेपालीहरुले यहाँको संस्कृतिका बारेमा जानकारी गराउन भूमिका खेलेको भन्दै बधाई दिइन् ।
यस्तै, यस्तै, विपक्षी लेबर पार्टीका नेता जोन रोबर्डसनले नेपाली संस्कृतिका कारण यस्ता कार्यक्रमबाट अष्ट्रेलियाको बहुसंस्कृति बनाउन अझै सहयोग मिलेको भन्दै प्रशंसा गरे ।
औपचारिक कार्यक्रमको समापन मन्तव्य दिदै गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले खराब मौसमका बाबजुद भएको सहभागिताको सम्मान गरे । उनले नेपाली संस्कृति र एकताको लागि यो कोशेढुङ्गा सावित हुने बताए ।
छोटो समयको औपचारिक कार्यक्रम पछि नेपालका विभिन्न संस्कृति झल्कने नाचहरु प्रस्तुत गरिएको थियो । नेपालका ती नाचहरु हेरिरहँदा दर्शकहरुमा उत्साह आएको थियो ।
यस्तै नेपालबाट आएका लोकगायक शिरिष देबकोटाले आफ्ना लोक भाका मार्फत धेरैलाई नचाए । खेली तथा झ्याउरे भाका गाउँदै उनले दर्शकको मन जितेका थिए । यस्तै पपगायक अनिल सिंह तथा निमा रुम्बाले महोत्सवलाई जुरुक्कै उचाले । महोत्सवमा सहभागी युवाहरुलाई नचाउँदै उनीहरुले नेपालको सम्झना दिलाएका थिए ।
कार्यक्रममा पाथीभरा श्रद्वाश्रमका लागि ३० लाख भन्दा बढि रकम संकलन समेत भएको छ ।
महोत्सवले नेपाल र नेपालीको संस्कृति अष्ट्रेलियामा चिनाउन र नेपालको पर्यटन प्रवर्दन गर्न सहयोग पुगेको आयोजक गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ ।
अष्ट्रेलियाको मेलवर्नमा पनि सेप्टेम्बर दुई तारिखमा नेपाल फेष्टिबल आयोजना हुँदैछ ।

सिड्नीमा भएको नेपाल महोत्सवका केही तस्वीरहरुः (तस्वीरः अनलाइन चौतारी)