२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा ‘नेपाल चंगा उत्सव २०१४’



अ+ अ-

सिड्नी । गुठी अष्ट्रेलियाले आगामी सेप्टेम्बर २७ तारिखमा सिड्नीको रकडेल स्थित Bicentennial Park मा नेपाल चंगा उत्सव २०१४ आयोजना गर्ने भएको छ ।
दशैंको बेला नेपालमा चंगा उडाउने परम्परालाई निरन्तरता दिदै यहाँ रहेका नेपालीहरुले सिड्नीमा पनि चङ्गा उडाउने भएका हुन् ।
यसका निम्ति चंगा, लट्टाई, धागो नेपाल बाटै ल्याइएको आयोजकले जानकारी दिए ।
कार्यक्रममा निशुल्क सहभागी हुन सकिने र कार्यक्रम स्थलमा नै धा

गो, लट्टाई र चंगा किन्न सकिने व्यवस्था मिलाइएको छ ।
यस्तै फुड फेष्टिभल, बालबालिकाका निम्ति आकर्षक अन्य गतिविधि पनि समावेश गरिने भएको छ ।
विहान १० बजेपछि सुरु हुने कार्यक्रममा १० भाग्यशाली सहभागीहरुका निम्ति खसी उपहार प्रदान गरिने बताइएको छ । दशैको पूर्वसन्ध्यामा अष्ट्रेलियाका विभिन्न शहरहरुमा यस्ता कार्यक्रम गरी नेपाली हिन्दुहरुको महान् चाड दशैंलाई स्वागत गर्ने क्रम सुरु भइसकेको छ ।