३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

झापाली समाज अष्ट्रेलियाद्धारा खेलाडीको सम्मान

झापाली समाज अष्ट्रेलियाद्धारा खेलाडीको सम्मान
अ+ अ-

सिड्नी । झापाली समाज अष्ट्रेलियाले खेलाडीको मनोवल बढाउन भन्दै झापा–११ का फुटवल खेलाडीहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । १० सेप्टेम्बरमा काठमाडौको दशरथ रंगशालामा सम्पन्न भएको फाईनल खेलमा झापा–११ ले संकटालाई ४–० ले हराउदै एन्फा कपको उपाधी हात पारेपछि सम्मानको घोषणा गरिएको हो ।
संस्थाका अध्यक्ष दिनेश पोखरेलले एक विज्ञप्ती निकाल्दै राष्ट्रिय प्रतिभावान खेलाडीहरुको सम्मान स्वरुप नगद २ लाख ११ हजार र प्रमाणपत्रले सम्मान गरिने बताए ।
लामो समयदेखी राष्ट्रिय फूटवल खेललाई उच्च स्थानमा पुर्‍याउन झापाका खेलाडीहरुको उल्लेखनिय भुमिका रहदै आएको झापाली समाज अष्ट्रेलियाले जनाएको छ ।
राष्ट्रिय स्तरको एन्फा कप विजेता भएको झापाली–११ ले नेपालको फूटवल खेलको स्तरलाई माथी लानेमा झापालीहरुको विश्वास रहेको संस्थाका सहसचिव रुपक मैनालीले बताए । एन्फा कप जित्नु चानचुने कुरा नभएको र यस्तो खुसीको क्षणमा खेलाडीहरुलाई धन्यवादका लागि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका अग्रज झापालीहरु दिनेश पोखरेल, कृष्ण गिरी (जगनाथ), भूपाल सिटौला, सन्तोष सिटौला, रुपक मैनाली, अशोक ओली, उमेश पोखरेल, दीपक चुडाल, अभय प्रसाई, प्रविण चौहान, मात्रिका बिमली, खिलेन्द्र तिमिल्सिना लगायतका व्यक्तिहरुले संस्थाको तर्फबाट सहयोग रकम उपलव्ध गराएका हुन् ।

केही हप्ता पछि नै दशैँ भएकाले झापामा एक विशेष कार्यक्रमको आयोजना गरेर सम्मान कार्यक्रम गरिने संस्थाका कृष्ण गिरीले अनलाइन चौतारीलाई जानकारी दिए ।
झापाको समग्र विकासमा सहयोग पुर्‍याउने उदेश्यले खोलिएको झापाली समाजले विगतका दिनबाट नै झापामा विभिन्न शीर्षकमा सहयोग पुर्‍याउदै आएको छ ।
प्रतियोगिताको पहिलो खेलमा मनाङ्गमस्र्याङदीलाई हराउदै विजयी यात्रा सुरु गरेको झापा– ११ ले सेमिफाइनलमा एपिएफ क्लवलाई हराएको थियो । प्रतियोगिता अवधि भरिनै झापा– ११ ले उत्कृष्ट प्रदर्शनी गरेको थियो ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको यो सिजनको पहिलो पटक आयोजित खेलमा एन्फा कपको उपाधि झापा ११ ले जित्न सफल भएको हो ।