२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रानभीलमा दशैंतिहार साँझ हुने



अ+ अ-

सिड्नी । ग्रानभिल नेपाली सामूदायिक क्लबले नेपाली हिन्दुहरुको महान चाड दशैं र तिहारको पूर्वसन्ध्यामा ‘दशैं तिहार साँझ २०१४’ आयोजना गर्ने भएको छ ।
आगामी सेप्टेम्बर २० का दिन ग्रानभील टाउन हलमा रमाइलो साँझ आयोजना गर्न लागिएको हो । यस कार्यक्रममा नेपाली समूदायका विभिन्न कलाकारहरुले आकर्षक प्रस्तुत दिने क्लबले जनाएको छ ।
यस्तै कार्यक्रममा सांगीतिक कार्यक्रमका साथै डिजे सेसन, नेपाली परिकारहरु समेत पस्किने तयारी गरिएको छ ।
सन् २००९ मा बनाइएको ग्रानभिल नेप्लिज कम्युनिटी क्लबले हरेक वर्ष यस्तै कार्यक्रम गरी देश भन्दा टाढा बसेका नेपालीहरुलाई एकताबद्ध गराइरहेको छ ।
देश भन्दा टाढा रही चाडवाडमा एक्लो र खल्लो महसूस नहोस् भन्ने उद्देश्यका साथ क्लबले दशैं तिहार साँझ मनाउन लागेको हो ।
यस्तै, नेपाली कला, संस्कृतिको प्रबद्र्धनमा सहयोग पनि पुगोस् भन्ने उद्देश्यले आफ्ना गतिविधि अघि बढाइरहेको क्लबले जनाएको छ ।




भर्खरै