३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

‘जन्मभूमिमा नै केही गर्न सकिन्छ’

‘जन्मभूमिमा नै केही गर्न सकिन्छ’
अ+ अ-

सात वर्ष देखि अष्ट्रेलियामा बस्दै आएका चिनारी नेपालका गंगा नेम्कुल नेपाल फर्किएका छन् । अष्ट्रेलियामा रहेर विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका नेम्कुल अब नेपालमै रहने गरी फर्किएका हुन् । नेम्कुलकै सक्रियतामा चिनारी नेपालको प्रस्तुतीमा नेपाल भाषाको चलचित्र मसिका (चिनारी) पनि तयार गरिएको छ । अब भने नेम्कुलले नेपालमा नै रहेर समाजसेवामा सक्रिय हुने बताएका छन् । नेपाल फर्किनुको उद्देश्य तथा अबको योजना लगायतका विषयमा अनलाइन चौतारीले नेमकुलसँग गरेको कुराकानीः


लामो समय अष्ट्र्लिया बसेर फर्किनुभयो नी, किन ?
मेरो विचारमा कर्मभूमिमा केही समय बसेपनि जन्मभूमि जस्तो हुँदैन । नेपाल भनेको आफ्नो घर नै हो । र आफ्नो घर त आउनै पर्छ । त्यहाँ रहेर मैले जे जस्तो काम गरेको थिएँ, अब नेपालमा रहेर पनि गर्न सक्छु भन्ने विश्वासका साथ म नेपाल फर्किएको छु । र अब म अन्य देशमा रहनुभएका साथीहरुलाई पनि नेपाल फर्किन र त्यहाँको सिपको प्रयोग नेपालमा नै गर्न आग्रह गर्छु ।
तपाई अष्ट्रेलिया जानुको कारण के थियो ?
मैले पहिल्यै पनि जहाँ गएपनि केही सिक्नुपर्छ र नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोच राखेको थिएँ । यसै सिलसिलामा लायन्स क्लबमा रहेर समाजसेवामा सक्रिय भएको थिएँ । त्यस्तै अध्ययनका लागि पनि म त्यहाँ गएको हो । विदेशमा विकास भयो, भनिन्छ, कसरी भयो, नेपालमा के गर्न सकिन्छ, यस्तै कुराहरु मनमा लाग्थ्यो र केही सिकौं अनि नेपाल फर्किएर त्यसको प्रयोग गरौं भन्ने उद्देश्यका साथ अष्ट्रेलिया गएको थिएँ । अब नेपालमै रहेर केही गर्ने सोच बनाएको छु ।
धेरै युवाहरु अष्ट्रेलिया जस्ता विकसित मुलुकहरु जानका लागि निकै प्रयास गर्छन् ? तपाई उल्टै फर्कनुभयो नी ?
एक समय केही कुरा सिक्न केही गर्नका लागि जानु आफ्नो ठाउँमा ठिकै छ । तर जहाँसम्म विकसित देशहरुको कुरा छ, त्यहाँ गरेका दुःख नेपालमा गर्ने र त्यहाँ जानेका सिप नेपालमा प्रयोग गर्ने हो भने हामीले नेपालमा पनि केही गर्न सक्छौं । यसले देशलाई पनि योगदान हुन्छ । हामीले यहीं नै अष्ट्रेलिया वा अमेरिका बनाउन सकिन्छ ।
तपाईले अष्ट्रेलियाबाट के लिएर आउनुभयो ?
मैले सात वर्ष अष्ट्रेलिया बसेर अष्ट्रेलियाबाट नगद तथा जिन्सी त केही पनि ल्याइन तर त्यहाँको माया लिएर आएको छु । त्यस्तै केही गर्ने उत्साह र त्यहाँबाट सिकेको सिप लिएर आएको छु । खासमा त्यहाँको सरकारका निकायहरुले पनि नेपाल र नेपालको संस्कृतिलाई निकै माया गरेका हुन्छन् । नेपालको संस्कृतिसँग सम्बन्धित रहेर मैले गरेका क्रियाकलापलाई उनिहरुले निकै मन पराएका थिए । बहुसंस्कृति भएको अष्ट्रेलियामा नेपाली संस्कृतिको पनि उत्तिकै सम्मान हुने गरेको छ । त्यहाँ रहेका अष्ट्रेलियनबासी तथा नेपालीहरुसँगको ठूलो माया लिएर म नेपाल आएको छु ।
अब नेपालमा बसेर के गर्ने योजना बनाउनुभएको छ ?
म यसअघि पनि लायन्स क्लबको आयोजनामा रक्तदान सहितका समाजसेवाका कामहरुमा सक्रिय भएको थिएँ । अब पनि मैले नेपालमै रहेर निस्वार्थ ढंगले समाजसेवाको काम गर्नेछु । अष्ट्रेलियामा सिकेको सम्पूर्ण भाषाभाषीलाई समान र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ भन्ने कुरालाई यहाँ पनि जोड दिन चाहान्छु । म अष्ट्रेलियामा हुँदा पनि नेपाली कला संस्कृतिको जोगाउन र प्रबर्दन गर्ने बारेमा सक्दो काम गरेको थिएँ । अब अहिले नेपालमा आएर अझै बढि गर्न चाहान्छु ।
तपाईले त्यहाँ रहँदा नेपाल भाषाको चलचित्र पनि बनाउनुभयो नी ?
हो । अष्ट्रेलियामा बसेर हामीले विभिन्न स्टेज कार्यक्रम गरेर नेपालको संस्कृतिलाई चिनाउने काम ग¥यौं । विभिन्न गोष्ठीहरु पनि भए । अब चलचित्रको माध्यमबाट पनि नेपाल कसरी चिनाउन सकिन्छ भन्ने अभियानको सिलसिलामा नेपाल भाषाको चलचित्र मसिका बनाइएको हो । यसको रकडेल काउन्सिलले म्यानेजमेन्ट गरेको हो ।
इन्द्रजात्रामा नेपालमा पनि यसको प्रदर्शन भएको थियो । अष्ट्रेलियामा पनि सेप्टेम्बर ११ मा यसको प्रदर्शन भएको थियो । अष्ट्रेलियाको सरकारले अन्य भाषालाई पनि समान सम्मान दिएको छ । त्यहाँको सरकारले नेपालीको संस्कृति सम्बोधन होस भन्ने चाहेको छ । अब नेपालमा पनि हामीले नेपालका सबै भाषा संस्कृतिहरुलाई समान व्यवहार गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि पनि म अब क्रियाशिल हुनेछु ।

केही समय अघि सिड्नीमा भएको नेपाल फेष्टिबलमा प्रस्तुती गर्दै गंगाबहादुर नेम्कुल

नेपाली झाँक्रीको रुपमा प्रस्तुत हुँदै गंगाबहादुर नेम्कुल