२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्याडमिन्टन र टेबल टेनिसका विजयी घोषित



अ+ अ-

सिड्नी । नेप्लीज रिक्रियसन क्लबले आयोजना गरेको व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता २०१४ का विजेताहरुको घोषणा गरिएको छ ।
टेबल टेनिस ४ विधामा खेलाइएको थियो भने व्याडमिन्टनमा ६ विधामा प्रतिस्पर्धा गरिएको थियो ।
कूल ६० जना खेलाडी सहभागी भएको यस वर्ष एनआरसीले प्रतियोगिताको आयोजना गरेको पाचौं वर्ष हो । हरेक वर्ष एनआरसीले विभिन्न खेलकुदका गतिविधि गर्ने गरेको छ ।
गल्फ, टेनिस, व्याडमिन्टन र टेबल टेनिसमा एनआरसीले प्रशिक्षण कार्यक्रम पनि गर्दै आएको छ ।
यस वर्षको विजेताहरुको नामावली सार्वजनिक गर्दै नेप्लीज रिक्रियसनल क्लबका अध्यक्ष जबिन श्रेष्ठले उत्साहजनक सहभागिताले यस्ता प्रतियोगिता आयोजना गर्न थप प्रेरणा दिएको बताए । नतिजा अनुसार यस वर्ष व्याडमिन्टन तर्फ महिला सिंगलको उपाधि अन्जनासिंह श्रेष्ठले जितेकी छिन् ।
त्यस्तै पुरुष सिंगल तर्फ तुल्सी ओझा, महिला डबलतर्फ रजनी पन्त र सहारा बस्न्यात, ४० मेन्स डबल्समा जविन श्रेष्ठ तथा टिम तिवारी विजयी भएको छन् । अन्डर ४० मेन्स डबल्समा सुरज राजथला श्रेष्ठ र तुल्सी ओझा विजयी भएका छन् ।
मिक्स डबल्समा अन्जना सिंह श्रेष्ठ र प्रताप श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी टेबल टेनिसतर्फ महिला सिंगलमा एलिजा वन्त, पुरुष सिंगलमा कूलदिप प्रधान विजयी भएका छन् । पुरुष डबल्समा कुनाल प्रधान र मिक्स डबल्समा कुनाल प्रधान तथा एलिजा वन्त विजयी भएका छन् ।