४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पर्वतमा संस्था खोल्छु, अपाङ्गहरुलाई चिनिया भाषा सिकाउछु

पर्वतमा संस्था खोल्छु, अपाङ्गहरुलाई चिनिया भाषा सिकाउछु
अ+ अ-

धनुषाको परवाह गाँउमा २०३६ सालमा जन्मिएका डा. राजिव झा चिनिया सरकारको छनोटमा विश्वका उत्कृष्ट सय प्रतिभामा पर्ने एकमात्र नेपाली हुन् । उनी काठमाडौं विश्वविद्यालय धुलिखेलबाट विक्रम सम्वत् २०५३ मा विज्ञान संकायतर्फ प्रमाणपत्र तहको अध्ययन पूरा गरी एम.बि.बि.एस अध्ययनको लागि चीन गएका थिए । डा. झाले सियान च्याउथङ्ग यूनिभर्सिटीको मेडिकल कलेजबाट विद्यावारिधि गरेका छन् । पी.एच.डी गरिसकेपछि उनले सोही कलेजमा ‘इन्टरनेशनल योङ्ग साईन्टिष्ट’को रुपमा १ वर्ष काम गरिसकेका छन् । त्यसपछि उनलाई सान्सी गभर्नमेन्टले ‘हन्ड्रेट ट्यालेन्ट’मा छनोट गरी सियान मेडिकल यूनिभर्सिटीमा पठाइदिएको छ । त्यहाँ अहिले उनी क्यान्सरको गहन अनुसन्धानमा लागेका छन् । पाटन स्वास्थ्य विज्ञापन प्रतिष्ठानको एक कार्यक्रममा सहभागी हुन नेपाल आएको मौका पारी अनलाईनचौतारीले डा. झासँग गरेको कुराकानी सम्पादित अंश प्रस्तुग गरिएको छ ।

दोश्रो आर्थिक महाशक्ति राष्ट्र चीनको छनोटमा विश्वका सय उत्कृष्ट प्रतिभाभित्र पर्न सफल भएलगत्तै तपाईले कस्तो महशुस गर्नुभयो ?

मेरो लागि खुशीको विषय हो । यति मात्र होइन, देशकै लागि पनि यो एउटा गर्वको कुरा हो । किनकि चीनको ‘हन्ड्रेड ट्यालेन्ट’ प्रोजेक्टमा एकजना नेपाली पनि चयन भएको छ ।  यो विषयलाई राज्यले के कस्तो ‘रेस्पोन्स’ गरिरहेको छ ?
राज्यले चाहिँ यो कुरा थाहा नपाएजस्तो गरेको छ । अहिलेसम्म कुनै रेस्पोन्स देखेको छैन । मेरो क्षमतालाई चीनजस्तो देशले यत्रो सम्मान दियो तर मेरो आफ्नै देशले कुनै चासो दिएन । अलिकति दुख लागेको छ । राज्यको यस्तै व्यवहारको कारण हाम्रोमा ‘प्रतिभा पलायन’को समस्या देखिएको हो ।

अनि यहाँका राजनीतिक दल र तिनका नेताहरुको के कस्तो प्रतिक्रिया पाउनुभयो ?

नेकपा एमालेका अध्यक्ष कामरेड केपी ओली र एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई बाहेक अरु कुनै पनि नेताले रेस्पोन्स गरेका छैनन् । केपी ओली कामरेडले पार्टीकै तर्फबाट ‘एप्रिशियसन लेटर’ दिनुभयो । घरमै बोलाएर भेटघाट गर्नुभयो ।
‘हन्ड्रेड ट्यालेन्ट’मा पर्नुमा तपाईको क्षमताका अलावा यहाँको राज्यको तर्फबाट केही पहल थियो कि ?

मैले भनिहालेँ नि यो विषय राज्यलाई थाहा छ कि छैन भन्ने कुरा थाहै छैन भनेर । यसमा राज्यको कुनैपनि पहलकदमी थिएन । विशुद्ध मेरो आफ्नै क्षमताले काम गरेको हो । म विगत १९ वर्षदेखि चीनमै अध्ययनरत छु । नेपालमा विज्ञान संकायबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नासाथ मेडिकल पढ्न चीन गएको थिएँ । त्यहीँबाट पीएचडी गरेँ । अहिलेपनि चीनमै अनुसन्धानरत छु ।

अब अलिकति प्रसंग बदलौं, क्यान्सर अनुसन्धानमा विद्यावारिधि गरेको एउटा प्रतिभाशाली डाक्टर स्वदेश फर्किएर विरामीको सेवा गर्नुपर्ने आवश्यकता देख्नुहुन्न ?

यसमा मेरो अलिकति फरक बुझाई छ । नेपालमा के छ भने डाक्टरी पढाई पूरा गरिसकेपछि अस्पतालमा विरामी जाँच्ने काम मात्र गर्नुपर्छ भन्ने सोचाई हावी छ । अध्ययन अनुसन्धानको कामतिर लाग्ने सोचाई खासै पाइँदैन । मेरो लक्ष अस्पतालमा विरामी जाँच्ने र उनीहरुको उपचार गर्नेमा सीमित छैन । म जटिल रोगहरुको कारण र तिनको निवारणको लागि नयाँ नयाँ उपायको अनुसन्धानमा क्रियाशील हुने सोचेको छु ।

यो काम चीनमै बसेर गर्ने कि नेपाल फर्किएर ?

म चीनमा अहिलेपनि अनुसन्धानकै काममा क्रियाशील छु । नेपाल फर्केपछि पनि सोही कार्यलाई निरन्तरता दिने सोचेको छु । 

नेपाल कहिले फर्कने ?

यो चाहिँ अहिले भन्न सकिँदैन । ‘हन्ड्रेड ट्यालेन्ट’ प्रोजेक्ट अन्तरगतको काम सकिएपछि यसवारे निर्णय गर्छु । अनुसन्धानको काम हो, एक वर्षमा सकिनपनि सक्छ, १० वर्ष पनि लाग्नसक्छ । यस्तो विषयमा तोकेर भन्न सकिन्न ।

चीनको मेडिकल शिक्षा र नेपालको मेडिकल शिक्षामा के कस्तो अन्तर पाउनुभयो ?

नेपालको मेडिकल शिक्षा वारे म त्यति जानकार छैन । तैपनि सामान्य रुपमा बुझे अनुसार हाम्रो शिक्षाले अध्ययन अनुसन्धानको पक्षमा त्यति जोड नदिएको हो कि जस्तो लाग्छ । तर चीनको मेडिकल शिक्षामा त्यस्तो छैन । त्यहाँ त औपचारिक अध्ययन पूरा भएपछि सम्बन्धित विषयमा थप अध्ययन अनुसन्धानको कामलाई निकै प्राथमिकतामा राखिन्छ । स्वास्थ्ये क्षेत्रमा नयाँ नयाँ अनुसन्धानबाट नयाँ नयाँ कुरा पत्ता लगाउने कार्यलाई प्राथमिकता दिइन्छ । यसमा सरकारले प्रशस्त लगानी गर्छ ।

तपाईको यसपालीको नेपाल भ्रमण कस्तो रह्यो ?

नेपाल भ्रमण अब भनौं केही हदसम्म सफल नै रह्यो । पाटन अस्पतालको बैठकमा डेढ घण्टाजति सहभागी भइयो । चीनको शियान मेडिकल यूनिभर्सिटी अन्तरगत स्कुल अफ क्लिनिकल मेडिसिनका डीन ऊ गे आउनुभएको थियो । उहाँलाई मैले त्यो बैठकमा लगेको थिए । पाटन अस्पतालले सवै व्यवस्थापन गरेको थियो । पाटन अस्पतालको व्यवस्थापकीय पक्षप्रति उहाँ खुशी हुनुहुन्छ । चीनबाट पढेर आएका प्रोफेशरहरुले राम्रो म्यानेज गर्नसक्छन् भन्ने कुराको उदाहरण पनि हो । त्यसको लागि प्राध्यापक डा. जयनारायण शाहलाई धन्यवाद दिन्छौं । उहाँले चीनको नाम राख्नुभयो । त्यसपछि हामी मनमोहन मेडिकल कलेज गयौं । प्राइभेट हस्पिटल भएर पनि त्यसको व्यवस्थापन र भिजन प्लान राम्रो देखयो । हस्पिटल र कलेज दुवै हे¥यौं । दुवै राम्रो लाग्यो ।

भ्रमणको क्रममा राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट भयो कि ?

हो, मेरो मेरो अरु पनि केही उद्देश्य थिए । भोलि म नेपाल आएर केही गर्न चाहेको खण्डमा राजनीतिक क्षेत्रबाट सहयोग पाउछु कि पाँउदिन भन्ने विषयमा पनि केही सोध्नु थियो । एमाले अध्यक्ष केपी ओलीले मलाई समय दिनुभयो । उहाँसँग सोधेँ । उहाँे सहयोग गर्ने बचन दिनुभयो । देशकै तर्फबाट पनि सहयोग हुने आश्वासन दिनुभयो । डेढ वर्षअघि आइक्याप मिटिङ्गमा शियान जाँदा मैले पढ्ने कलेज अवलोकन गर्नुभएको थियो । उक्त कलेजबाट कामरेड ओली प्रभावित पनि हुनुभएको थियो । स्वास्थ्ये क्षेत्रलाई प्रवद्र्धन गर्ने काममा उहाँ निरन्तर लागिरहेको मैले पाएको छ । मैले अरु पार्टीका नेताहरुसँग पनि समय मागेको थिँए । तर उनीहरुले समय दिएनन् । दिएको भए म उहाँहरुसँग पनि केही सोध्ने थिँए ।

मेडिकल क्षेत्रको वैज्ञानिक अनुसन्धानका अतिरिक्त नेपालमा अरु केही काम गर्ने सोच्नु भएको छ कि ?

मैले पर्वत जिल्लामा अपाङ्गहरुको लागि एउटा एनजिओ खोल्ने सोचेको छु । त्यस मार्फत अपाङ्गता भएकाहरुलाई चिनिया भाषा पढाउने, कम्प्युटर शिक्षा दिलाउने लगायतका सीप सिकाएर उनीहरुको स्वाभिमानी जीवन बनाउने उद्देश्य राखेको छु । पार्वती डिसएवल एशोशियसन नामको एक संस्था बनाउन खोज्दैछु । यसमा चीन सरकारबाट पनि मैले राम्रो सहयोग पाउछुजस्तो लाग्छ ।

नेपाल र चीन बीचमा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन के गर्नुपर्छजस्तो लाग्छ तपाईलाई ?

हामीले चीनको संस्कृति बुझिसक्या छैनौं र चीनले पनि नेपालको संस्कृति बुझिसक्या छैन । जबसम्म दुवै देशले एक अर्काका साँस्कृतिक रीति रिवाजहरु बुझ्न सक्दैनन तवसम्म दुई देशबीचको सम्बन्ध विकासमा युद्धस्तरमा काम हुनसक्दैन ।
मेरो उद्देश्य केहो भने कसरी नेपालका जनतालाई आत्मनिर्भर बनाउने खालको कन्सेप्ट दिने ? राजनीतिको मात्र कुरा नगरौं, त्यस बाहेक शिक्षा, व्यापा–व्यवसाय, समाजसेवा आदि क्षेत्रबाट पनि काम गर्न सकिन्छ ।

तपाई स्वास्थ्ये अनुसन्धाता मात्र नभएर विश्लेषक समेत हुनुहुन्छ, यस हिसावले भन्दिनोस् कि नेपालमा संघीय संरचनाका विषयमा चलेको बहसलाई चीनले कसरी हेरिरहेको छ ?

माफ गर्नुहोला, मैले यस वारे धेरै जानकारी लिएको छैन र बोल्न पनि मिल्दैन । तर अलिअलि कुरा बुझ्दा चीन नेपालमा प्रदेशहरुको संख्या सकेसम्म थोरै होेस् भन्ने चाहना राख्दछ ।