४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महोत्सवको तयारी पुरा, तालिका सार्बजनिक

महोत्सवको तयारी पुरा, तालिका सार्बजनिक
अ+ अ-

मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा हुने नेपाल फेष्टिबलको तयारी पुरा भएको छ । नोभेम्बर एक अर्थात् भोलि सुरु हुने नेपाल फेष्टिबलको तयारी पुरा भएको हो । नेपालको पर्यटन प्रबद्र्वन र लगानीका अवसरहरु सिर्जना गर्ने उद्देश्य सहित सुरु हुन लागेको फेष्टिबल नोभेम्बर एक तारिखमा सुरु भई दुई तारिखमा सकिनेछ ।
फेष्टिबलको पहिलो दिन कार्यशालाको आयोजना गरिएको छ भने दोस्रो दिन सांस्कृतिक महोत्सवको आयोजना समेत गरिएको छ ।
महोत्सवमा सहभागी हुने पाहुनाहरुका लागि विशेष सत्कारको व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपालले विहान १०ः१० बजे गर्नेछन् । विहान साढे नौ बजे नै सहभागीहरुबीच अनौपचारिक परिचयका साथै चियापानको कार्यक्रम राखिएको छ ।
कार्यक्रममा नेपाल फेष्टिबल अष्ट्रेलियाका कोर्डिनेटर तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष ऋषि कडेलले स्वागत मन्तव्य राख्ने भएका छन् ।
कार्यशालाका बारेमा वर्कसप कमिटिका अध्यक्ष डा. राजु अधिकारीले प्रष्ट पार्नेछन् ।
कार्यक्रमको पहिलो सत्र अन्तर्गत नेपालको पर्यटन प्रबद्र्वन र लगानीका अवसरहरुका बारेको अन्तक्र्रियाको अध्यक्षता राजदुत नेपालले गर्नेछन् ।
उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले नेपालमा गैर आवासीय नेपालीहरुको लगानीका बारेमा धारणा राख्नेछन् ।
यस्तै, क्यापकन अष्ट्रेलियाका अध्यक्ष डा. किरण थापाले नेपालको हाउजिङ क्षेत्रको लगानीका बारेमा धारणा राख्नेछन् ।
एक तारिखकै दोस्रो सत्रको अध्यक्षता एनआरएनका अध्यक्ष शेष घलेले गर्नेछन् । उक्त सत्रमा नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा लगानीका बारेमा सिएसआइआरओ म्यानुफ्याक्चरिङ फ्ल्यागसिपका डा. फिल क्याजीले धारणा राख्नेछन् ।
साथै नेपालको पूर्वाधारमा लगानीको नीति र प्राथमिकताहरुका बारेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष कुशकुमार जोशीले हेटौंडा सुरुङ मार्गको उदाहरण सहित धारणा राख्नेछन् । यसैगरी ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीका प्रबृत्तिहरुका बारेमा अवधारणा पेश गर्नेछन् ।
नेपाल टेलिभिजनका निर्देशक नीरविक्रम शाहले नेपालको पर्यटन क्षेत्रका बारेमा अनभव आदानप्रदान गर्नेछन् ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको छ । नेपालबाट महोत्सवका लागि पुगेका कलाकार मिलन लामाले उपस्थित सहभागीहरुलाई मनोरञ्जन दिनेछन् ।
अतिथिहरुको मन्तव्यका बीच बीचमा कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
आइतबार साँझ ६ बजे देखि १० बजेसम्म सांस्कृतिक कार्यक्रम भएसँगै महोत्सव समापन हुने नेपाल फेष्टिबल मेलवर्नका संयोजक ऋषि कडेलले अनलाईन चौतारीलाई बताए ।