४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यस्तो छ, सांस्कृतिक कार्यक्रमको तयारी

यस्तो छ, सांस्कृतिक कार्यक्रमको तयारी
अ+ अ-

मेलवर्न । मेलवर्नमा सुरु भएको नेपाल फेष्टिबल अन्तर्गत आज (शनिबार) विभिन्न कार्यशालाहरु भैरहेका छन् । कार्यशालामा नेपालको पर्यटन प्रबद्र्वन र लगानीका विषयमा गम्भिर छलफल भैरहेको छ । नेपाल फेष्टिबल अन्तर्गत आजको कार्यशाला सकिएपछि भोलि सांस्कृतिक महोत्सवको कार्यक्रम राखिएको छ ।
सांस्कृतिक महोत्सवमा नेपालबाट पुगेका कलाकारहरुका साथै स्थानीय कलाकारले पनि प्रस्तुती देखाउन आफ्नो तयारी गरेका छन् । जस अन्तर्गत विभिन्न ठाउँमा कलाकारहरुले रिहल्र्सल गरेका छन् । तीन महिनाको कडा मिहनेत पछि नेपाल फेष्टिबलका लागि स्थानीय कलाकारहरु तयार भएका छन् । नेपालको भाषा र संस्कृति झल्किने प्रस्तुती देखाउने गरी गरिएको उनीहरुको तयारी पुरा भएको जनाइएको छ ।
यस्तै, नृत्यका लागि पनि त्यहाँ रहेका नेपाली कलाकारहरुले लामो समय तयारी गरेका छन् । बालबालिकाको नृत्य सहितको प्रस्तुतीका लागि गरिएको तयारी पुरा भएको जनाइएको छ ।
मेलवर्नमा जारी नेपाल फेष्टिबल अन्तर्गत आइतबार हुने सांस्कृतिक महोत्सवका लागि नेपालबाट मेलवर्न पुगेका सविन राई र इलेक्ट्रोनिक व्याण्डले पनि अन्तिम तयारी गरेको छ । साँझ ६ बजे देखि दश बजेसम्म हुने सांस्कृतिक कार्यक्रम र कन्सर्टमा उक्त प्रस्तुती देखाइनेछ ।
यसै गरी तिव्वतियन कलाकारले नेपालको कला झल्किने खालको डिजाइनमा काठमा कुँदेर आकर्षक बुट्टा बनाएका छन् ।
यस्तै, कुमार र रस्याले नेपालको लाखे नाचको झल्को दिने गरी तयारी गरेका छन् । नेपाली संस्कृतिको बारेमा विशेष अवगत गराउन उनीहरुको यो प्रस्तुती हेर्न लायक हुने अपेक्षा गरिएको छ ।
नेपालका चर्चित गायक मिलन लामा आफ्नो प्रस्तुती दिनका लागि मेलवर्न पुगिसकेका छन् । नेपालबाट पुगेका कलाकार र स्थानीय कलाकारको प्रस्तुतीले नेपाल फेष्टिबलमा नयाँ रौनक छाउने र सहभागीहरुले भरपुर मनोरञ्जन लिन सक्ने अपेक्षा गरिएको छ ।