४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

मनोरञ्जनमा सीमित रहेन नेपाल फेष्टिबल

मनोरञ्जनमा सीमित रहेन नेपाल फेष्टिबल
अ+ अ-

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भएको नेपाल फेष्टिबल मनोरञ्जनमा सीमित भएन ।
मेलवर्नको फेडेरसन स्क्वायरमा आइतबार भव्य रुपमा सम्पन्न भएको नेपाल फेष्टिबलमा नेपालको कला र संस्कृतिको साथमा मनोरञ्जनका कार्यक्रमका साथै नेपालको पर्यटन प्रवर्दन र नेपालमा लगानीका विषयमा कोशेढुङ्गा सावित भयो ।
फेडेरेसन स्वायरमा नेपाली झण्डा फहराउँदै सुरु भएको नेपाल फेष्टिबलको सुरुमा गरिएको सांस्कृतिक परेड र जताततै नेपालीहरुको उपस्थितिले यहाँ नेपालकै जस्तो देखिएको थियो ।
नेपाली नाचगान, नेपाली पञ्चेबाजा सहित विभिन्न कला र संस्कृति देखाउँदै सडकमा सांस्कृतिक परेड गरिएको थियो । नेपाल महोत्सवमा भाग लिन धेरै टाढाबाट समेत पुगेकाहरुको उल्लेख्य सहभागिता थियो ।
शुरुवातमा निकालिएको साँस्कृतिक परेडमा लाखे नाँच, विभिन्न जातजाती आ आफ्ना परम्परागत भेषभुषामा सजिएर, परम्परागत नृत्य देखाइएको छ ।
नेपालका विभिन्न सांस्कृतिक झाँकीहरुको प्रस्तुतीका कारण एउटा नेपाल नै बनेजस्तो भएको थियो, महोत्सवस्थल फेडेरेसन स्वायर । नेपाली रौनकले महोत्सवमा सहभागीहरुले नेपालीपन अझै बढि महसुस त गरे नै, यो महोत्सव नेपालका लागि पनि विशेष महत्वको रह्यो ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलिया, अष्ट्रेलियास्थित नेपाली दुतावास र नेप्लीज एशोसियसन अफ भिक्टोरियाको संयुक्त आयोजनामा भएको महोत्सवमा नेपालको विकासका बाटाहरुको खोजि गरियो ।
शनिबार सुरु भएको नेपाल फेष्टिबलमा पहिलो दिन नेपालमा पर्यटन प्रवर्दन र लगानीका विषयमा गहन छलफल भएको थियो । बेग्लाबेग्लै कार्यशालामा नेपालबाट पुगेका विभिन्न क्षेत्रका व्यक्तित्वहरुका साथै अष्ट्रेलियाका लगानीकर्ता र गैर आवासीय नेपालीहरुको उपस्थिति रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, नेपाल टेलिभिजनका अध्यक्ष एवम् कलाकार नीर विक्रम शाह, एनआरएनआईसीसीका अध्यक्ष शेष घले, भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायत अष्ट्रेलियामा रहेका अन्य सफल व्यवसायीहरुले आफ्ना अनुभव सुनाउँदै नेपालको विकासका क्षेत्रहरुका बारेमा चर्चा गरेका थिए ।
नेपालमा लगानीका अवसरहरुका बारेमा चर्चा गरिएको कार्यशाला निकै फलदायी रहेको नेपाल फेष्टिबल मेलवर्नका संयोजक ऋषि कँडेलले अनलाइन चौतारीलाई बताए ।
नेपाल फेस्टीभलको दोस्रो दिन भएको सांस्कृतिक महोत्सवमा मेलवर्नमा सहभागीले नेपाली चर्चित कलाकारहरु मिलन लामा, सबिन राई एण्ड द इलेक्ट्रिक्स, दिव्या सुब्बा लगायतले स्टेजमा साँगीतिक प्रस्तुती दिएका थिए ।
नेपालका विभिन्न चाडपर्व झल्काउने र त्यसबारे जानकारी दिने खालको विशेष नेपाली नृत्य समेत देखाइएको थियो ।
भिक्टोरियामा रहेका केहि युवा कोरियाग्राफरहरुले ल्याएको विशेष नेपाली नृत्य सहितको विशेष कार्यक्रम साँझ ६ बजे देखि राती दश बजेसम्म चलेको थियो ।
साथमा नेपालका मिठा र मनै लोभ्याउने पारम्परिक खानाहरु सेलरोटी, समयबजी, म म लगायत अन्य नेपाली स्वादिष्ठ खानाहरुको स्टलहरुको स्वाद सहभागीहरुले लिएका थिए ।
नेपाल फेष्टिवलमार्फत अष्ट्रेलियामा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुमा आपसी माया, सद्भाव, साथ र सहयोगको भावना बढेको आयोजकको विश्वास छ ।
कार्यक्रमलाई सफल बनाउन एइसीसी, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, आरजीआइटी अष्ट्रेलिया, फेड स्क्वाएर, टिडब्लयुजीजी, एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, बुद्ध ट्राभल एण्ड टुर, मेरो कन्सल्ट्यान्सी, डाउनअन्डर करी, एक माइग्रेशन एजुकेशन, कँडेल कन्सल्ट्यान्सी, एएमई, नीरांकार रेष्टुरेण्ट लगायत संघ संस्थाको साथ रहेको थियो ।
यसअघि अष्ट्रेलियाको सिड्नी र पर्थमा पनि नेपाल फेष्टिबल सम्पन्न भैसकेको छ । यी महोत्सवहरु नेपाल चिनाउने मात्र नभई नेपालमा लगानीका अवसरहरु सिर्जना गर्ने र नेपालको पर्यटन प्रवर्दन गर्ने कार्यमा महत्वपूर्ण सावित भएको एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले अनलाइन चौतारीलाई बताए ।