९ माघ २०८१, बुधबार
,
Latest
घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीको भेटघाटका कार्यक्रम स्थगित हिउँदे विदा उपयोगः शिक्षक तालिम, नतिजा सुधारका कक्षा र सिर्जनात्मक सिकाइ आइसिसी यू–१९ महिला विश्वकपः अस्ट्रेलियाविरूद्ध नेपाल पहिले फिल्डिङमा होबार्ट हरिकेन्स ७ वर्षपछि बीबीएलको फाइनलमा लागुऔषध कारोबार: झापामा छ महिनामा दुई सय १३ जना पक्राउ एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो रवि लामिछानेको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले निकुञ्जको आकाशमा हेलिकप्टर बन्द भयो भन्नेकुरा स्वीकार्य छैनः पर्यटनमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मियो



अ+ अ-

लमजुङको बसौलागाउँमा दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मेको छ । बेँसीसहर नगरपालिका वडा नम्बर ६ बसौला गाउँका किसान मेघनाथ बसौलाले पालेको भैँसीले दुई वटा टाउको र पुच्छर भएको पाडो जन्माएको हो ।

प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आइतबार बसौलाले स्थानीय पशु स्वास्थ्य कार्यकर्तालाई बोलाएका थिए । ती प्राविधिकले भैँसीको पेटमा दुईवटा टाउका भएको पाडो भएको बताएपछि जिल्ला पशुसेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक हरिबहादुर धिताललाई बोलाइएको थियो ।

पशु प्राविधिक धितालको सहयोगमा भैँसीले दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको बसौलाले बताए । पाडोको घाँटीबाट दुईवटा टाउका छुट्टिएका छन् । शरीर सामान्य भए पनि पुच्छर दुईवटा छन् ।

पशु प्राविधिक धितालले आफ्नो जागिरको अनुभवमा दुई वटा टाउका भएको पाडो लमजुङमा पहिलोपटक भएको बताए ।