४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काल बन्यो किष्ट मेडिकल कलेजको शौचालय

काल बन्यो किष्ट मेडिकल कलेजको शौचालय
अ+ अ-

ललितपुर, ७ मंसिर । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज अस्पतालका केही चिकित्सक र नर्स शनिबार कतिसम्म क्रुर भए भने वार्डभित्र शौचालयको भ्वाङबाट खसेकी बिरामी वृद्वालाई उठाउने प्रयास समेत गरेनन् । अस्पतालमा उपचारार्थ भर्ना भएकी दोलखाको मेलुङ निवासी ८१ वर्षीया वृद्दा ललितामाया खड्काको अस्पतालले मर्मतका लागि भत्काएको शौचालय भ्वाङबाट झरेर ज्यान गएको हो ।
ऐय्या१ ऐय्या १ ऐय्या १ भनेर चिच्यायकी बिरामी वृद्वाको समयमै उद्दार नगर्दा ज्यानै गयो । ‘शुक्रबार रातिको खाना खाएपछि उहाँ निदाउनुभयो, म निदाउन सकेको थिइँन्, बिहान तीन बजेतिर हजुरआमा ट्वाइलेट जानुभयो,’ कुरुवा बसेको नाती कृष्णले भने, ‘धेरैबेर आउनुभएन, भित्र पसेर शौचालयको एउटा कोठाकाने ढोका खोल्दा देखिनँ, अनि अर्को कोठाको ढोका खोलेर हेर्दा बडेमानको भ्वाङबाट खसेर तल बजारिएको देखें । आत्तिएर सिस्टरलाई भन्न गएँ तर उनीहरुले मेरो कुरा सुनेनन्, फेसबुक चलाएर बसे, टर्च माग्दा पनि समयमै दिएनन् ।’
दमकी बिरमी दोलखा मेलुङ–५ की ८१ वर्षीया ललितमाया खड्का हिँडेरै शुक्रबार बिहान ११ बजे स्वास्थ्य जाँच गराउन अस्पताल पुगेकी थिइन् । अस्पतालले उनलाई भर्ना गर्यो ।
घटना भएको घन्टौंपछि ललितमायाकी छोरी मैनाले अस्पताल पुग्दा रगतको आहालमा आमा घोप्टो परेको अवस्थामा देखिन् । ‘आमा पछारिएको ठाउँमान जाने बाटो सोध्दा नर्सहरु छैन भन्दै रिसाए । डोरी लगाएर तान्छौं भन्दा पनि दिएनन्, ’ उनले भनिन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।