६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काल बन्यो किष्ट मेडिकल कलेजको शौचालय



अ+ अ-

ललितपुर, ७ मंसिर । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज अस्पतालका केही चिकित्सक र नर्स शनिबार कतिसम्म क्रुर भए भने वार्डभित्र शौचालयको भ्वाङबाट खसेकी बिरामी वृद्वालाई उठाउने प्रयास समेत गरेनन् । अस्पतालमा उपचारार्थ भर्ना भएकी दोलखाको मेलुङ निवासी ८१ वर्षीया वृद्दा ललितामाया खड्काको अस्पतालले मर्मतका लागि भत्काएको शौचालय भ्वाङबाट झरेर ज्यान गएको हो ।
ऐय्या१ ऐय्या १ ऐय्या १ भनेर चिच्यायकी बिरामी वृद्वाको समयमै उद्दार नगर्दा ज्यानै गयो । ‘शुक्रबार रातिको खाना खाएपछि उहाँ निदाउनुभयो, म निदाउन सकेको थिइँन्, बिहान तीन बजेतिर हजुरआमा ट्वाइलेट जानुभयो,’ कुरुवा बसेको नाती कृष्णले भने, ‘धेरैबेर आउनुभएन, भित्र पसेर शौचालयको एउटा कोठाकाने ढोका खोल्दा देखिनँ, अनि अर्को कोठाको ढोका खोलेर हेर्दा बडेमानको भ्वाङबाट खसेर तल बजारिएको देखें । आत्तिएर सिस्टरलाई भन्न गएँ तर उनीहरुले मेरो कुरा सुनेनन्, फेसबुक चलाएर बसे, टर्च माग्दा पनि समयमै दिएनन् ।’
दमकी बिरमी दोलखा मेलुङ–५ की ८१ वर्षीया ललितमाया खड्का हिँडेरै शुक्रबार बिहान ११ बजे स्वास्थ्य जाँच गराउन अस्पताल पुगेकी थिइन् । अस्पतालले उनलाई भर्ना गर्यो ।
घटना भएको घन्टौंपछि ललितमायाकी छोरी मैनाले अस्पताल पुग्दा रगतको आहालमा आमा घोप्टो परेको अवस्थामा देखिन् । ‘आमा पछारिएको ठाउँमान जाने बाटो सोध्दा नर्सहरु छैन भन्दै रिसाए । डोरी लगाएर तान्छौं भन्दा पनि दिएनन्, ’ उनले भनिन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।